अ
+
अ
अ
-
नेपालगन्ज – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको अध्यक्षका लागि चार जना अगाडि सरेका छन्।
आज भइरहेको जिल्ला अधिवेशनबाट जिल्लाको नेतृत्व लिन हरपालसिंह केसी, विवेक श्रेष्ठ, विनोद अग्रहरी र आनन्दबाबु काफ्ले अगाडि सरेका हुन्।
चार जनाले जिल्ला अध्यक्ष हुन इच्छा जाहेर गरेपछि केही समय मिलाउने प्रयास गरिएको थियो। चार जनाका बिचमा सर्वसम्मतिको प्रयास सफल नभएपछि चुनावी प्रक्रिया अगाडि बढाइएको छ।
अध्यक्षका आकांक्षी विनोद अग्रहरीले चार जनाले अध्यक्षमा उम्मेदवारी दिएको जानकारी दिए।
पार्टीको दुई सय बढी मतदाता छन्।
यसैबीच, अध्यक्षको उम्मेदवार हुन नपाएको भन्दै हिरालाल प्रसाईले राजीनामा दिएका छन्। प्रसाईले सामाजिक सञ्जालमा लेख्दै आजको मितिदेखि रास्वपा छोडेको घोषणा गरेका छन्।
भर्खरै
लोकप्रिय
