अ
+
अ
अ
-
अमेरिकाको ओहायो राज्यमा आयोजित एक उत्सवस्थलमा गोली चल्दा धेरै जना घाइते भएका छन्। ओहायोस्थित टोलेडो सहरमा भएको घटनामा टोलेडो पोलिस डिपार्टमेन्टका अनुसार ओल्ड वेस्ट एन्ड फेस्टिभल नजिक गोली चलेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।
त्यहाँ पुग्दा गोली लागेर प्रभावित भएका धेरै व्यक्तिहरू फेला परेका थिए, जसमध्ये केहीलाई उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीले हालसम्म घाइतेहरूको यकिन संख्या सार्वजनिक गरेको छैन।
तर टोलेडोका मेयर वाड काप्सजुकिविजले समाचार माध्यमलाई दिएको जानकारीअनुसार कम्तीमा आठ जनालाई गोली लागेको अनुमान गरिएको छ। उनले सबै घाइतेको ज्यान जोगिने अपेक्षा गरिएको पनि बताएका छन्।
प्रहरीले घटनामा संलग्न आक्रमणकारी वा आक्रमणकारीहरूको खोजी जारी रहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
भर्खरै
लोकप्रिय
