मोरङ- मोरङको उर्लाबारी नगरपालिका ७ गोलचोकबाट लागूऔषध (ब्राउन सुगर) सहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१-०२-०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागु औषध फेला पारेको हो।
प्रहरीले चालक उर्लाबारी-६ बस्ने २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी ५ बस्ने २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो ।
चेकजाँचका क्रममा केशव श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम लागूऔषध (ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ) फेला परेको हो।
त्यसैगरी, निश्चल गुरुङको मलद्वारबाट पनि प्लास्टिकसहित ११ ग्राम र प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागूऔषध फेला परेको छ।
दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भर्खरै
लोकप्रिय
