हुम्ला – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाको पहिलो जिल्ला भेलाले लक्ष्मण ऐडीको नेतृत्वमा जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ। एकदिने भेलाले ऐडीको नेतृत्वमा पूरै जिल्ला कार्यसमिति चयन गरेको हो।
रास्वपा हुम्लाको भेलाले सभापतिमा ऐडी, उपसभापतिमा रिन्जेन दावा लामा, सचिवमा मनोज बाहेरा, सहसचिवमा तिर्थराज बुढा र कोषाध्यक्षमा कमन शाहीलाई चयन गरेको छ।
त्यस्तै सदस्यहरुमा नरेन्द्र बुढा, सुरेश बुढा, बाँचे बुढा र आस्मिता बुढा छन्। नौ सदस्यीय जिल्लला कार्यसमितिलाई भेलाले सर्वसम्मत चयन गरेको हो।
नयाँ सभापति चयन भएका ऐडी यसअघि उक्त पार्टीका उपसभापति थिए।
सभापति चयन भएपछि ऐडीले राजनीति जनताको सेवाको लागि भएको कारण कसैमा ब्यक्तिगत स्वार्थ भए त्यो त्याग्न अनुरोध गरे। प्रथम जिल्ला भेलाका लागि प्रत्येक वडाबाट दुई जना प्रतिनिधि र गाउँपालिका कार्य समितिका पदाधिकारीहरुको सहभागिता थियो। उक्त पार्टीको नेतृत्वका लागि नौ जना आकांक्षीले आवेदन दिए पनि सर्वसम्मत जिल्ला कार्यसमति चयन गरेको हो।
भर्खरै
लोकप्रिय
