माेरङ – विराटनगरमा जारी एसईई कव अन्तरविद्यालयस्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधिका लागि बुढीगंगा गाँउपालिकाको नरग्राम माविले विराटनगरको कोशी मोडेल स्कुलको सामना गर्ने भएको छ।
स्थानीय परोपकारघाटस्थित मैदानमा जारी प्रतियोगिता अन्तर्गत पहिलो सेमीफाइनलमा कोशीले डन बस्को स्कुललाई ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।
उपाधि नजिक पुग्ने क्रममा कोशीका लागि यशराजकुमार माझीले दुई, निरज चौधरी र थिएएम डि मासुमले समान एक गोल गरेका थिए। सेमिफाइनलबाट बाहिरिएको डनबस्कोका लागि प्रकाश कामत र तनोज राजवंशीले समान एक गोल गरे।
त्यसैगरि, दोस्रो सेमीफाइनलमा नरग्राम माविले पेनाल्टी सुटमा विराटनगरको आदर्श माविलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। निर्धारित ४० मिनेटको खेलमा दुवै विद्यालय गोल गर्न असफल भएपछि खेल पेनाल्टी सुटतर्फ धकेलिएको थियो। पेनाल्टी सुटमा नरग्रामले ७ र आदर्श माविले ६ गोल गरेको थियो। जित हात पारेको नर ग्रामले मंगलबार हुने उपाधि भिडन्तका लागि विराटनगरको कोशी मोडेलको सामना गर्ने आयोजक पोखरिया युथ केयर एकेडेमीले जनाएको छ।
भर्खरै
लोकप्रिय
