अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा लाग्नुपर्छ: ज्ञानेन्द्र शाही

अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा लाग्नुपर्छ: ज्ञानेन्द्र शाही
+
-

काठमाडौँ-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको सोमबारको बैठकमा करका दर हेरफेर हुने विषय अर्थमन्त्रीबाहेक अन्य कसैलाई थाहा नहुने उल्लेख गर्दै यस प्रकरणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि राजद्रोहको मुद्दा लाग्नुपर्ने बताएका छन्।

‘यस प्रकरणमा अर्थमन्त्रीमाथि नितान्त छानबिन हुनुपर्छ र राजद्रोहको मुद्दा लाग्नुपर्छ,’ शाहीले प्रतिनिधिसभा बैठकमा सोमबार भने।

शाहीले कोरला र रसुवागढी नाकाबाट बजेटअगावै कर तिरेर बजेटपछाडि गाडी आएको प्रसंग उल्लेख गर्दै करका दर हेरफेरको विषयको सूचना कसरी चुहियो भनी प्रश्न गरेका छन्। उनले यस विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने पनि बताएका छन्।

उनले कर्मचारीलाई कारबाही गरेर अर्थमन्त्री यस विषयमा चोखिने प्रवृत्ति मान्य नहुने पनि बताए।

कोरला र रसुवागढी नाकाबाट आएका करिब १५०० बीवाइडी गाडी शंकास्पद रूपमा भित्रिएको र कर छली भएको भन्दै सशस्त्र प्रहरीले अनुसन्धानका लागि ती गाडीहरू नियन्त्रणमा लिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…