- डाक्टर उमाकान्त तिवारीले जिल्लाबाहिर कार्यालयकै काम गरिरहेको कारण हाजिरी गरेको बताउँदै विरोधको खण्डन गरेका छन्।
- राष्ट्रिय अभियान चलाउन ढिलाइ हुँदा बिरामीको उपचारमा खट्दा कामको तनावले हाजिरी गर्नुपरेको उनको भनाइ छ।
- सामाजिक सञ्जालमा वैशाख १ देखि ४ सम्म जिल्लाबाहिर हुँदा पनि हाजिरी गरेको विरोध भइरहेको छ।
हुम्ला –जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर उमाकान्त तिवारीले सामाजिक सञ्चालनमा आएजसरी आफूले जथाभावी हाजिरी नगरेको बताएका छन्।
जिल्लाबाहिर रहँदा पनि कार्यालयकै काम गरिरहेको र कामको चाप पनि उस्तै भएको कारण टेन्सनले बाहिर रहेको दिनको पनि हाजिरी हुन गएको उनको भनाइ छ।
वैशाख १ गतेबाट ४ गतेसम्म कार्यालयको कामको शिलशिलामा जिल्लाबाहिर रहे पनि काम भने कार्यालयकै गरेको, कामको बोझ पनि उस्तै रहेको र राष्ट्रिय अभियान समयमै सञ्चालन गर्न नसकिने अवस्थाको टेन्सनले आफू जिल्लामा आइपुगेको दिन बाहिर रहँदाको समयको पनि हाजिरी हुन गएको डाक्टर तिवारीले बताए।
ती दिनको कतैबाट आफूले टिएडिए नखाएको, कार्यालयबाट पनि दावी नगरेको उनको भनाइ छ।
यतिबेला सामाजिक सञ्जालमा डाक्टर तिवारीले वैशाख १ गतेदखि ४ गतेसम्म जिल्लाबाहिर भएर पनि कार्यालयमा उपस्थिति भएप्छि हाजिरी गरेको भन्दै विरोध भइरहेको छ।
राष्ट्रिय अभियानअन्तर्गत भिटामिन र जुकाको औषधि खुवाउने कार्यक्रम वैशाख ५ र ६ गते थियो। आफूलाई प्रदेश आपूर्ति निर्देशनालयबाट वैशाख ४ गते मात्र जानकारी आएको कारण त्यो औषधि लिन समय लागेको र वैशाख ५ गते औषधि हवाईमार्गबाट नेपालगञ्जदेखि पठाउने प्रयास भए पनि सफल नभएका कारण सो अभियान हुम्लामा दुई दिन पछि सरेको थियो।
उक्त अभियान समयमै सञ्चालन गर्न नसकिएको र बिरामीको उपचारमा पनि खटिरहेका बेला हाजिरी गर्नुपरेको कारण त्यस्तो हुन गएको उनले बताए।
भर्खरै
लोकप्रिय
