काठमाडौँ- नेपाली फुटबल जगतमा एउटा यस्तो नाम हो राजुकाजी शाक्य जसले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय जगतमा परिचय दिलाउन ठूलो भूमिका खेलेका छन्।
नेपाली फुटबलका किंवदन्ती खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यले सन् १९८१ देखि १९९७ सम्म नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै ६८ भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेले।
दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्णपदक दिलाउने यी महान् कप्तान आज पनि नेपाली फुटबलको विकासमा सक्रिय छन्।
संघारमै आइपुगेको फिफा विश्वकपलाई केन्द्रविन्दुमा राखेर हामी उनीसँग संवाद गर्यौँ। उक्त संवादको केन्द्रमा रहेको छ विश्वकप २०२६ र यसका प्रबल दाबेदारहरू।
शाक्यले नेपाली फुटबलले कहिले यो मञ्चमा हस्तक्षेप गर्छ भन्ने हाम्रो कौतुहललाई पनि प्रकाश पार्न खोजेका छन् यस संवादमा। साथै उनको आफ्नो व्यक्तिगत विश्वकप हेर्दाका अनुभव पनि साझा गर्न उनी पछि हटेनन्। पेलेदेखि म्याराडोना र म्याराडोना देखि मेस्सी र रोनाल्डो सम्म छरिएको यो रोचक संवाद।
भर्खरै
लोकप्रिय
