काठमाण्डौँमा ‘ट्र्याप्ड’ फिल्मको ट्रेलर सार्वजनिक: ‘थ्रिलर र सस्पेन्स’ कथामा आधारित

काठमाण्डौँमा ‘ट्र्याप्ड’ फिल्मको ट्रेलर सार्वजनिक: ‘थ्रिलर र सस्पेन्स’ कथामा आधारित
+
-
देशसञ्चार AI सारांश
  • अनामनगरको बानेश्वरस्थित होटलमा आयोजित पत्रकार सम्मेलनमा नयाँ नेपाली चलचित्र ‘ट्र्याप्ड’को ट्रेलर सार्वजनिक गरिएको छ।
  • चलचित्रको निर्देशन अनुभव सम्पन्न सागर झाले गरेका छन्, जसले फिल्ममा मुस्ताङका रमणीय तस्वीरहरू प्रस्तुत गरेका छन्।
  • ‘ट्र्याप्ड’ थ्रिलर र सस्पेन्स विधामा निर्माण भएको छ, जुन केही महिनाभित्र देशभर प्रदर्शनमा आउनेछ।

काठमाण्डौँ- काठमाण्डौँको अनामनगरस्थित नयाँ बानेश्वरमा रहेको एक होटलमा आयोजित विशेष पत्रकार सम्मेलनमा नयाँ नेपाली चलचित्र ‘ट्र्याप्ड’को ट्रेलर सार्वजनिक गरिएको छ।

यो चलचित्र थ्रिलर, सस्पेन्स र सांगीतिक विधामा निर्माण भएको हो, जसले दर्शकलाई हलसम्म तान्ने निर्माण टोलीको विश्वास छ।

फिल्मको निर्देशन युवा निर्देशक सागर झाले गरेका हुन्। उनले यसअघि चिनियाँ फिल्म उद्योगमा सहायक निर्देशक र वेस्टर्न शैलीका फिल्महरूमा काम गरिसकेका छन्। यो फिल्मको छायांकन नेपालका विभिन्न रमणीय तथा दुर्गम स्थानहरूमा गरिएको छ, जसमा विशेषगरी मुस्ताङको चिसो र उज्यालो वातावरणलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ।

चलचित्रका मुख्य कलाकारमा कर्मा र दीपा शाही रहेका छन्। पत्रकार सम्मेलनमा बोल्दै अभिनेता कर्माले भने, “यो फिल्म मेरो करियरकै एक भिन्न र चुनौतीपूर्ण प्रोजेक्ट हो। यसको कथाले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधिराख्नेछ।” निर्देशक सागर झाले पनि फिल्मले नेपाली सिनेमा क्षेत्रमा नयाँ धारको सुरुवात गर्ने दाबी गरे।

नेपाली फिल्म क्षेत्रमा फरक स्वाद दिन खोजिएको यस चलचित्रलाई लिएर दर्शकमाझ निकै उत्सुकता पैदा भएको छ। निर्माण पक्षका अनुसार ‘ट्र्याप्ड’ आगामी केही महिनाभित्रै देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…