अनुचित हस्तक्षेपले नेपाली फुटबल निलम्बनको डिलमा पुग्योः महासचिव राई

अनुचित हस्तक्षेपले नेपाली फुटबल निलम्बनको डिलमा पुग्योः महासचिव राई
+
-

मोरङ – नेपाली फुटबलमा तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईले बताएका छन्।

फिफा तथा एएफसीबाट पटक–पटक निर्देशन आए पनि एन्फामाथिको अनुचित हस्तक्षेप नरोकिएको उनले बताएका हुन्।

विश्वकप फुटबलको उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जाने तयारीमा रहेका महासचिव राई र अध्यक्ष पंकजविक्रम नेम्वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले भने, ‘नेपाली फुटबललाई निलम्बनको डिलमा पुर्‍याउनु भयो। निलम्बनको चाहना चाँडै पूरा होस्।’

फिफाले २ सय ११ राष्ट्रका अध्यक्ष र महासचिवलाई विश्वकपको समय निमन्त्रणा गर्ने गरेको उनको भनाइ छ। महासचिव राईले उद्घाटनपछि आगामी चार वर्षका लागि तयार हुने बजेट, फुटबलको विकास छलफलमा सहभागी हुने अवसरसमेत नेपालले गुमाएको बताए।

उनले भने, ‘आफूहरूले राज्यकै कालोसूचीमा रहने गरी आर्थिक, फौजदारी वा देशद्रोह हुने खालको अपराध गरेका छौँ? त्यसो हो भने विशेष कानुन बनाएर हामीलाई फाँसी होस सरकार।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…