- ग्रामीण विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्न १९ सामुदायिक विद्यालयलाई डेस्कटप र प्रिन्टर वितरण गरिएको छ।
- शिक्षा सुधार अभियान अन्तर्गत विद्युत् नभएका विद्यालयमा सौर्य ऊर्जाको लागि समेत पहल भइरहेको छ।
- विद्यालयका प्रधानाध्यापकले कम्प्युटर सहयोगले डिजिटल प्रशासन र प्रविधिमैत्री शिक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरे।
हुम्ला – सामुदायिक विद्यालयलाई डेस्टप र प्रिन्टर सहयोग गरिएको छ। ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्न र विद्यालय शिक्षालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउनका लागि ती सामाग्री सहयोग गरिएको हो।
अदानचुली गाउँपालिकाले १९ वटा सामुदायिक विद्यालयलाई डेस्टप कम्प्युटर र प्रिन्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहले बताए।
गाउँपालिकाले एक कार्यक्रमका बीच आफ्ना मातहतका विद्यालयलाई एक–एक सेट डेस्टप कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो।
गाउँपालिकाको शिक्षा क्षेत्र सुधार अभियान अन्तर्गत गरिएको यस कार्यक्रमलाई स्थानीय स्तरमा डिजिटल शिक्षाका लागि महत्वपूर्ण योगदान पुग्ने बिस्वास गरिएको छ विद्यालयमा कम्प्युटर तथा प्रिन्टरको अभावका कारण प्रशासनिक कार्य, शैक्षिक तथ्याङ्क व्यवस्थापन तथा सूचना प्रविधिमा आधारित सिकाइ क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको बेला गाउँपालिकाको पहलमा यो सहयोग प्राप्त भएको हो।
यी सामाग्री चिनीयाँ सहयोगमा उपलब्ध भएका हुन। गाउँपालिकाभित्र रहेका सबै विद्यालयलाई आवश्यक प्रविधिमैत्री सामग्री उपलब्ध गराइने छ। विद्युत् पहुँच नपुगेका तथा सोलार प्रणाली नभएका विद्यालयमा सौर्य ऊर्जाको व्यवस्था गर्न समेत पहल भइरहेको अध्यक्ष सिंहले बताए।
विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले गाउँपालिकाको पहलप्रति खुसी व्यक्त गर्नु भएको छ। हाल वितरण गरिएका कम्प्युटर र प्रिन्टरले विद्यालयमा डिजिटल प्रशासन र प्रविधिमैत्री शिक्षाको आधार तयार गर्ने विश्वास गरिएको छ।
भर्खरै
लोकप्रिय
