रास्वपाका सांसद नेपालले भारतीय भूमि मिचेको प्रमाण खोजेर हिँडेको देख्दा लज्जित छौँ : आङदेम्बे

रास्वपाका सांसद नेपालले भारतीय भूमि मिचेको प्रमाण खोजेर हिँडेको देख्दा लज्जित छौँ : आङदेम्बे
+
-
देशसञ्चार AI सारांश
  • कांग्रेस नेता भीष्मराज आङदेम्बेले नेपालले कसैको भूमि मिचेको छैन भनेर सत्ता पक्षका सांसदहरूप्रति आलोचना व्यक्त गरे।

  • आङदेम्बेले सांसदहरूको व्यवहारले वीर भक्ति थापाको आत्माले पनि धिकार्न सक्ने बताएका छन्।

  • सरकारले भारतको सीमा मिचेको भनेर प्रधानमन्त्रीको टिप्पणीबारे परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा प्रष्टिकरण दिए।

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालले कसैको भूमि मिचेको छ ? कि भनेर खोज्दै हिँडने सत्ता पक्षका सांसदहरु देखेर आफू लज्जित भएको टिप्पणी गरेका छन्।

बुधवार प्रतिनिधि सभा बैठकमा नेता आङदेम्बेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँडनुपर्नेमा सत्ता पक्ष केही सांसदहरुले नेपालले भारतको सीमा मिचेको हो भनेर न्वारनदेखिको बल लगाएर हिँडेको भन्दै आपत्ति जनाएका हुन्।

उनले देश र जनता कसैले पनि नरुचाउने खालको यस्ता हर्कत गर्ने सांसदहरुलाई वीर भक्ति थापाको आत्माले पनि धिकार्ने बताए।

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई थाहा भएको र ती समस्याको समाधान गहन कुटनीतिक सम्वादमार्फत टुंगो लगाउनुपर्ने बताए।

‘सत्ता पक्षका सांसदले मेरो देशले कसको सीमा कहाँ मिचेको छ? भनेर प्रश्न गर्लान भनेको त सभामुख महोदय म आफैँ लज्जित छु । उल्टै कतिपय सांसद मित्रहरु नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न न्वारनदेखिकै बल लगाएर दौडी राख्नु भएको छ, उनले अगाडि भने, ‘नेपालले मिचेको भूमि खोजी राख्नु भएको छ । यस्तो खालको जनताले देख्दाखेरी पनि नरुचाउने खालको हर्कत गर्ने मित्रहरुलाई वीर भक्ति थापाको त्यो आत्माले धिर्कालान कि ।’

नेता आङदेम्बेले आज सत्तापक्षकै कारण संसदमा प्रश्न गर्ने क्षमताको समेत आत्माहत्या भइराखेको कारुणिक दृष्य देख्नुपरेको गुनासो गरे।

नेपालले भारतको भूमि मिचेको छ भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको विवादस्पद अभिव्यक्तिप्रति परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार संसदमा प्रष्टिकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ ‘क्रस बोर्डर अकुपेस’सँग सम्बन्धित रहेको जनाए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…