- नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूहको बैठक आगामी अगस्ट २०२६ मा आयोजना हुने परराष्ट्रमन्त्री खनालले जानकारी दिए।
- द्विपक्षीय संयन्त्रहरूको नियमित बैठक समन्वय, साझेदारी र साझा सम्भावनामा छलफल गरी सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण छ।
- संयुक्त फिल्ड सर्वे टोलीले सीमा स्तम्भको मर्मत, पुनस्र्थापना र पुनर्निर्माणको काम चार टोलीमार्फत अघि बढाइरहेको छ।
काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूह (ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट) को बैठक आगामी अगस्ट २०२६ मा आयोजना हुने जानकारी दिएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा उनले नेपाल र भारतबीचको समन्वय, सहकार्य तथा साझेदारीलाई थप प्रभावकारी बनाउन स्थापित विभिन्न द्विपक्षीय संयन्त्रहरूलाई पुनः सक्रिय बनाइएको जनाएका हुन्।
ती संयन्त्रहरूको नियमित बैठकले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा साझा सम्भावना र सहकार्यका विषयमा छलफल गर्न महत्वपूर्ण भुमिका मन्त्री खनालले विश्वास जनाए।
नेपाल–भारत सीमा क्षेत्रमा हराएका सीमा स्तम्भहरूको मर्मत, पुनस्र्थापना तथा पुनर्निर्माणको काम अघि बढिरहेको जानकारी दिए। परराष्ट्रमन्त्री खनालले संयुक्त फिल्ड सर्वे टोलीले विभिन्न स्थानमा स्थलगत काम गरिरहेको र यसका लागि चारवटा छुट्टाछुट्टै टोली परिचालन गरिएको उल्लेख गरे।
उनले भने, ‘नेपाल–भारतका विभिन्न क्षेत्रमा काम गर्नेगरी स्थापना गरिएका ती द्विपक्षीय संयन्त्रहरुको बैठक हाल सुचारु भएका छन् । ज्वाइन्ट वर्किङ गु्रप अन बोर्डर म्यानेमेन्टको बैठक अगस्ट २०२६ मा आयोजना हुँदैछ । हाल जोइन्ट फिल्ड सर्वे टिमले विभिन्न स्थानमा काम गरिरहेको छ । यस संयन्त्रलाई दिईको जिम्मेवारीबमोजिम हराएको सीमा स्तम्भ मर्मत, पुनसर््थापना र पुनर्निमाण गर्ने कार्यहरु अगाडि बढेका छन् । हाल चार वटा छुट्टाछुट्टै टोली गठन भई नेपाल भारत सीमाका विभिन्न क्षेत्रमा काम भइरहेको छन्।’
भर्खरै
लोकप्रिय
