- राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशको नेतृत्व चयन प्रतिस्पर्धात्मक हुदैछ, सभापतिका लागि ६ उम्मेदवार प्रतिस्पर्धामा छन्।
- अधिवेशनमा ६१ सदस्यीय प्रदेश कार्यसमितिका लागि ७१ उम्मेदवारी दर्ता भएका छन्, सभापतिका लागि बाँकी दुई उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा छ।
- अधिवेशनले सभापति र सदस्यहरू चुनेपछि निर्वाचित सदस्यहरूमध्यबाट पदाधिकारी चयन गरिनेछ, १४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ।
माेरङ – राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशको पहिलो प्रदेश अधिवेशन नेतृत्व चयनको प्रतिस्पर्धात्मक हुने भएकाे छ। मोरङको विराट चौकमा बुधबार जारी अधिवेशनमा सभापतिका लागि विभन्नि ६ जनाबीच प्रतिस्पर्धा हुनेछ।
प्रदेश सभापतिका लागि हाल उम्मेदवार दर्ता गराएकामा कार्यवाहक सभापति सुनसरीकी गोमा तामाङ सरिनसहित प्रदेशका कोषाध्यक्ष मोरङ चन्द्र राई, प्रदेशका स्वास्थ्य विभाग प्रमुख तेह्रथुमका डा. खगेन्द्र कटवाल र झापाका चन्द्रकुमार गौली रहेका छन्।
राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष तथा तेह्रथुमका पिताम्बर तिम्सिना, र उदयपुरका पारसमणि गेलालले भने उम्मेदवारी फिर्ता लिएको बताइएको छ। यद्धपि सभापतिका लागि हालका कोषाध्यक्ष राई र कार्यवाहक सभापति तामाङबीच प्रतिस्पर्धा हुने देखिएको छ।
हाल उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने क्रममा रहेको निर्वाचन समितिका संयोजक नवराज पुडासैनीले जानकारी दिए। त्यसैगरि, प्रदेश समिति सदस्य पदका लागि समेत नेताहरुबीच आकर्षण देखिएको छ।
निर्वाचन समितिका अनुसार ६१ सदस्यीय प्रदेश कार्यसमितिका सदस्य पदमा ७१ जनाको उम्मेदवारी परेको छ। रास्वपाको विधानअनुसार प्रदेश कार्यसमितिमा सभापति, उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता तथा अन्य सदस्य रहने व्यवस्था छ।
अधिवेशनबाट पहिलो चरणमा सभापति र सदस्यहरू निर्वाचित हुनेछन् भने त्यसपछि निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरिने संयोजक पु्डासैनीले बताए। रास्वपाले कोशी प्रदेशका १४ वटै जिल्लामा जिल्ला अधिवेशन तथा जिल्ला भेला सम्पन्न गरिसकेको छ। अधिवेशनमा प्रदेशभरिबाट करिब एक हजार प्रतिनिधिको सहभागिता रहेको छ।
भर्खरै
लोकप्रिय
