काठमाडौँ — प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैठक समक्ष उक्त विधेयक प्रस्तुत गरेका हुन्।
विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउने उद्देश्यले यो विधेयक ल्याइएको प्रष्ट पारे।
उनका अनुसार मुलुकमा मूल्य तथा शोधनान्तर स्थिरता कायम राख्दै समग्र वित्तीय क्षेत्रको स्थायित्वलाई सुदृढ बनाउन यो संशोधन आवश्यक भएको हो।
अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंकलाई अझ बढी स्वायत्त, उत्तरदायी, पारदर्शी तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कानूनी सुधारको खाँचो औंल्याए।
प्रस्तुत विधेयकमा केन्द्रीय बैंकको उद्देश्य परिमार्जन गर्नुका साथै गभर्नर तथा सञ्चालकहरूको नियुक्ति र पदमुक्ति सम्बन्धी व्यवस्थामा आवश्यक संशोधन तथा परिमार्जनहरू प्रस्ताव गरिएको छ।
भर्खरै
लोकप्रिय
