रौतहटबाट ९० लाखभन्दा बढी मूल्य बराबरको फर्सीको बिउ बरामद

रौतहटबाट ९० लाखभन्दा बढी मूल्य बराबरको फर्सीको बिउ बरामद
Screenshot
+
-

गौर- रौतहट प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट करिब ९० लाख ९६ हजार रुपैयाँ बराबरको अवैध फर्सीको बिउ बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार दिउँसो करिब ११ः३० बजे बौधीमाई नगरपालिका–७, बडा बंकुल टोल स्थित नेपाल–भारत सीमाना नजिक त्रिपालले छोपेर लुकाइछिपाइ राखिएको फर्सीको बिउ बरामद गरिएको हो।

गोप्य सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त स्थानमा खानतलासी गर्दा २३२ बोरा फर्सीको बिउ फेला पारेको थियो।

बरामद गरिएको बिउको तौल ११ हजार ६८० किलोग्राम रहेको प्रहरीले जनाएको छ। प्रति बोरा २८ हजार रुपैयाँका दरले मूल्याङ्कन गर्दा यसको कुल अनुमानित मूल्य ९० लाख ९६ हजार रुपैयाँ हुन आउँछ।

प्रहरीले बरामद गरिएको फर्सीको बिउ नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

यसैबीच, बिउ नियन्त्रणमा लिने क्रममा केही स्थानीयले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। प्रहरीले भीड नियन्त्रण गर्न ६ राउन्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ। घटनामा ३ जना स्थानीय र ३ जना प्रहरी कर्मचारी गरी ६ जना सामान्य घाइते भएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…