प्रधानमन्त्रीले संसद्‌ र जनमतको हुर्मत लिने, अपमान गर्ने काम गरिरहनुभएको छ: ऐन महर

प्रधानमन्त्रीले संसद्‌ र जनमतको हुर्मत लिने, अपमान गर्ने काम गरिरहनुभएको छ: ऐन महर
फाइल तस्बिर
+
-
देशसञ्चार AI सारांश
  • नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री शाह संसद् र जनमतको अपमान गरिरहेको आरोप लगाए।
  • महरले सरकारले सीमा विषयमा दिएको बयानलाई लिएर असन्तुष्टि व्यक्त गर्दै गम्भीर प्रश्नहरू उठाएको बताए।
  • महरले प्रधानमन्त्रीको विवादास्पद टिप्पणीप्रति सांसदहरुको समर्थनमाथि पनि प्रश्न उठाउँदै आलोचना गरे।

काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‌ र जनमतको हुर्मत लिने, अपमान गर्ने काम गरिरहेको बताएका छन्।

बिहीबारको संसद बैठकमा सीमासम्बन्धिको विषय उठाउँदै उनले प्रधानमन्त्रीले पटक-पटक यस्ता खालका गतिविधि गरिरहेको बताएका हुन्। ‘सम्माननीय प्रधानमन्त्रीले पटक-पटक नेपाली जनता, यो संसद्‌को र जनमतको हुर्मत लिने र अपमान गर्ने काम गरिरहनुभएको छ’, उनले भने।

रास्वपाका सांसदहरूले आफूहरू नयाँ भएको, केही परिवर्तन गर्न आएको भने पनि पछिल्लो समय त्यो नदेखिएको महरले बताएका थिए। ‘वास्तवमा हामी नयाँ हौँ। हामीले केही परिवर्तन गर्न खोजिरहेको छौँ, काम गर्न खोजिरहेको छौँ। हामी कुरा होइन, काम गर्न आइरहेका छौँ भनिरहनु भएको छ। हामीलाई पनि विश्वास लागिरहेको थियो’, उनले भने ‘तर पछिल्लो समयका सरकार र प्रधानमन्त्रीका गतिविधिहरुले यो कुरामा विश्वास गर्ने बनेको छैन।’

जेठ १७ गते प्रधानमन्त्रीले संसद्‌मा भारतले नेपालको मात्र होइन, नेपालले भारतको पनि धेरै ठाउँमा जमिन मिचेको भन्ने अभिव्यक्तिलाई लिएर महरले मन भारी भएको बताए।

मन भारी बनाएर संसद्‌मा बोल्न लागेको बताउँदै उनले प्रधानमन्त्रीको अभिव्यक्तिपछि नागरिकहरूले दुई वटा प्रश्न सोधेको जनाएका थिए। ‘आज बडो भारी मनका साथ, दु:खका साथ म आफ्ना भनाइहरु राख्दैछु’ उनले भने ‘यही जेठ १७ गते सम्माननीय प्रधानमन्त्री आएर नेपालको सीमानाकोबारेमा नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्तिले आम रुपमा २ वटा प्रश्नहरु ज्वलन्त रुपमा उठेको छ।’

प्रश्नहरूमा विश्वका कुनै पनि प्रधानमन्त्रीले आफूहरूले अन्य देशको सीमा मिचेको भनेको कतै रहे पनि प्रधानमन्त्री शाहले त्यस्तो विषय कसरी भन्नुभयो भन्ने र अर्को जमिन मिचेका छौँ भन्दा ताली बजाउने सांसद को हुन् भनेर प्रश्न सोधेको बताएका थिए। ‘आज जनताले यो सदन र हामीमाथि २ वटा गम्भिर खालका प्रश्नहरु हामीमाथि सोधिरहेका छन्। पहिलो कुरा अहिलेसम्म विश्वका कुनै पनि सरकार प्रमुखले विश्वका कुनैपनि प्रधानमन्त्रीले नगरेका कुरा, नभनेका कुरा हाम्रो देशका प्रधानमन्त्रीले सदनमा कसरी भन्नु भयो? तपाइईहरु के हेरेर बस्नुभयो? तपाइहरुलाई त्यो कुराले बिझायो कि बिझाएन? त्यो बेलामा भनेर हामीलाई जनताले प्रश्न सोधिरहेका छन्’ महरले भने ‘प्रधानमन्त्रीले त्यो खालको राष्ट्रघाती र देशद्रोही कुरा संसद्‌बाट बोलिरहँदा त्यो अभिव्यक्तिमा ताली पिटने सांसद ती को हुन्? ती त्यही सदनका सदस्य हुन कि को हुन्?’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…