अर्थमन्त्री वाग्लेलाई निश्कल राईको प्रश्नः कसको स्वार्थमा करको दर फेरबदल गर्नुभयो?

अर्थमन्त्री वाग्लेलाई निश्कल राईको प्रश्नः कसको स्वार्थमा करको दर फेरबदल गर्नुभयो?
+
-

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले कसको स्वार्थका लागि करको दर फेरफेर गरेको भनि अर्थमन्त्री डा. स्वर्णिय वाग्लेलाई प्रश्न गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै उनले करको दर र आर्थिक विधेयकमा मनलाग्दी हेरफेर गरेर अर्थमन्त्री वाग्लेले अक्ष्यम्य गल्ती गरेको बताएका हुन्।

उनले सदनको सम्पत्तिको रुपमा रहेको कुनै पनि विधेयकलाई सरकारले हेरफेर गर्ने वा सच्याउने काम गर्न संवैधानिक हिसाबले पनि नमिल्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।

सचेतक राईले अर्थमन्त्री वाग्लेलाई कसैको इशारामा करको दर फेरबदल गर्ने छुट नरहेको पनि बताए।

उनले भने, ‘करका दरमा बारम्बार हेरफेर गर्नुभयो। उहाँले संसदको अधिकारमा कैची चलाउनु भएको हो कि, आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि। संसद् वादविवाद गर्ने थलो हो। यसको नीति, विधि र प्रक्रिया छ। सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ? यो अक्ष्यम्य गल्ती किन र कसको स्वार्थमा भएको हो? मेरो प्रश्न छ। सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र? उहाँलाई मेरो प्रश्न छ– कसको इसारा अथवा कुन स्वार्थमा करको दर आफूखुशी परिवर्तन गरियो? संविधानको मर्मअनुसार कुनै पनि विधेयक सदनमा पेश भइसकेपछि त्यो संसद्को सम्पत्तिको रुपमा रहने संवैधानिक व्यवस्था छ। सरकारले त्यसलाई आफूखुशी बदल्न वा सच्याउन पाउँदैन।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…