अ
+
अ
अ
-
माेरङ – विराटनगरको ट्राफिक चौकबाट प्रहरीले दुई जनालाई लागुऔषधको कारोबार गर्दै गर्दा पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक मकेन्द्रकुमार मिश्रका अनुसार महानगरको वडा नम्बर ९ स्थित चौकमा रोकिराखेको भारतीय नम्बर प्लेट बीआर ३८ एएस ६५९८ को मोटरसाइकलमा शंका लागेर चेकजाँच गर्दा २९ वर्षीय भारतीय नागरिक इरफान खान र विराटनगर रानीका १९ वर्षीय इफ्रिदि मियाँलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट प्रहरीले १ सय १९ ग्राम खैह्रो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। खान भारतको विहारस्थित जोगबनीको टिकुलिया बस्तीका हुन्। उनीहरुलाई लागु औषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
भर्खरै
लोकप्रिय
