पोखरामा रास्वपा अधिवेशनस्थल बाहिर जेन्जी आन्दोलन पक्षधरको धर्ना (तस्बिरसहित)

पोखरामा रास्वपा अधिवेशनस्थल बाहिर जेन्जी आन्दोलन पक्षधरको धर्ना (तस्बिरसहित)
+
-
देशसञ्चार AI सारांश
  • ‘जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ ले पोखरामा रास्वपाको अधिवेशन बाहिर शान्तिपूर्ण धर्ना दिएको छ।
  • आन्दोलनमा पक्राउ परेका युवाहरूलाई न्याय दिनुपर्ने माग गर्दै समूहले सरकारलाई ध्यानाकर्षण गर्ने प्रयास गरेको छ।
  • थप दबाबमूलक कार्यक्रम घोषणा गर्न सकिने चेतावनी दिँदै प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा सभागृहमा जारी रहँदा सभागृहको मुख्य प्रवेशद्वार बाहिर ‘जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ ले शान्तिपूर्ण धर्ना दिएको छ ।

आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा फिर्ता गर्न तथा उनीहरूलाई न्याय दिनुपर्ने माग राख्दै समूहले प्लेकार्डसहित प्रदर्शन गरेको हो।

धर्नामा सहभागीहरूले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा भएको दाबी गर्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रदर्शनकारीहरूले अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण आन्दोलनको अधिकार तथा नागरिक अधिकारको सम्मान हुनुपर्ने भन्दै आन्दोलनमा संलग्न युवाहरूको मुद्दा तत्काल सम्बोधन गर्न माग गरेका छन्। उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गर्दै न्याय र मुद्दा फिर्ताको पक्षमा आवाज उठाएका थिए।

रास्वपाको प्रदेश अधिवेशन चलिरहेका बेला भएको उक्त धर्ना शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने धर्ना कार्यक्रमले अधिवेशनको गतिविधिमा कुनै अवरोध पुर्‍याएको थिएन।

दबाब समूहले सम्बन्धित पक्षबाट आफ्ना मागहरूको सुनुवाइ नभए थप दबाबमूलक कार्यक्रम घोषणा गर्न सकिने चेतावनी समेत दिएको छ।
तस्बिरहरू:

तस्बिर: अर्जुन गाहा/ नेपाल फोटो लाइब्रेरी।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…