पाँच महिनामै बाहिरिए कोशी अस्पतालका मेसु चौधरी, डा. झा दोस्रोपटक मेसु नियुक्त

पाँच महिनामै बाहिरिए कोशी अस्पतालका मेसु चौधरी, डा. झा दोस्रोपटक मेसु नियुक्त
+
-
देशसञ्चार AI सारांश
  • स्वास्थ्य मन्त्रालयले असन्तुष्ट भएका कारण डा. चन्द्रभाल झालाई कोशी अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा नियुक्त गरेको छ।
  • हटाइएका डा. रामनारायण चौधरीमाथि स्वास्थ्य बीमाको सेवा र अन्य व्यवस्थापनमा असफलताको आरोप लागेको छ।
  • अस्पतालले मातहतका जमिनको नापजोखका विषयमा मन्त्रालयको निर्देशलाई गम्भीरतापूर्वक नलिएपछि थप पत्राचार गर्नुपरेको थियो।

माेरङ – विराटनगरस्थित कोशी अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा डा. चन्द्रभाल झा नियुक्त भएका छन्। अस्पतालको ब्यवस्थापनदेखि विरामीको गुनासोलाई सम्बोधन गर्न नसकेकाेप्रति असन्तुष्ट रहँदै आएको स्वास्थ्य मन्त्रालयले डा. रामनारायण चौधरीलाई करिब पाँच महिनामै पदबाट मुक्त गराएको हो।

दोस्रोपटक नियुक्त भएका डा. झा ११ औं तहका छाला रोग विशेषज्ञ हुन्। उनी यसअघि, २०८० साल असारमा अस्पतालको मेसुमा नियुक्त भएका थिए।

अर्कोतर्फ, हटाइएका मेसु चौधरीमाथि पछिल्लो समय स्वास्थ्य बीमाको उपचार सेवादेखि अस्पतालको ल्याब र ओपीडीमा बढ्दो विरामी उपचारको सेवालाई ब्यवस्थापन गर्न नसकेको आरोप छ।

त्यसैगरि, अस्पताललाई मातहतमा रहेका आफ्ना जग्गा क्षेत्रफलको विषयमा जानकारी पठाउन मन्त्रालयले दुईपटकसम्म ताकेता गर्नुपरेको अस्पताल विकास समितिका एक पदाधिकारी बताउँछन्।

एक महिना हाराहारीमा अस्पतालको जग्गामा रहेका संरचनाबारे जानकारीसहित क्षेत्रफलबारे विस्तृत रुपमा मन्त्रालयलाई पत्राचार गरेको थियो। पहिलो पत्रचारबारे अस्पतालले गंभीरता नलिएपछि मन्त्रालयले दोस्रोपटक पत्रचार गरेको थियो।

सोही क्रममा गतसाता अस्पतालले मातहतमा रहेका जग्गाको नापजोख गरेको थियो। मेसु हेरफेरमा मन्त्रालयको विषयलाई गभीरतापूर्वक नलिएको सन्दर्भलाई पनि लिइएको ती पदाधिकारीको भनाइ छ। बालरोग विशेषज्ञ डा. चौधरी गतवर्ष पौषमा मेसुमा नियुक्त भएका थिए। डा. रुणा झाको स्थानमा उनलाई जिम्मेवारी दिइएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…