कांग्रेसको कोशी प्रदेशस्तरीय भेला विराटनगरमा गरिने

कांग्रेसको कोशी प्रदेशस्तरीय भेला विराटनगरमा गरिने
+
-
देशसञ्चार AI सारांश
  • नेपाली कांग्रेसले विराटनगरमा आइतबार प्रदेशस्तरीय बृहत् भेला आयोजना गर्दै पार्टीलाई एकढिक्का बनाउने प्रयास गर्ने जनाइएको छ।
  • महामन्त्री भूपेन्द्र राईले १४ जिल्लाका सबै नेता–कार्यकर्ताको सहभागिता रहने र पार्टीलाई बलियो बनाउने बताए।
  • पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने भेलामा महाधिवेशनलाई निष्पक्ष र एकताको रूपमा अघि बढाउने आकांक्षा छ।

मोरङ – पार्टी एकता र बलियो बनाउने उद्देश्यसहित नेपाली कांग्रेसले विराटनगरमा बृहत एकता साझा प्रतिबद्धतासहित भेला आयोजना गर्ने भएको छ।
विराटनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका कोशी प्रदेश महामन्त्री भूपेन्द्र राईले आइतबारको प्रदेशस्तरीय बृहत् भेला पार्टीलाई एकढिक्का बनाउन केन्द्रित हुने बताए।

पार्टीको यसप्रकारको भेला लुम्बिनीबाहेक अन्य प्रदेशमा भइसकेको जानकारी दिँदै महामन्त्री राईले पार्टीका नेता ठूलो र बलियो कांग्रेस बनाउन लागिपरेको उल्लेख गरे।

भेलामा सहभागी हुने नेता–कार्यकर्ताको सन्दर्भमा महामन्त्री राईले भने, ‘यो पार्टीलाई बलियो बनाउने भेला हो। यहाँ सबै साथीहरूको सहभागिता हुनेछ। प्रदेशस्तरीय भेला हुँदा १४ जिल्लाबाट साथीहरूको सहभागिता रहनेछ।’

अध्यावधिक गरेकाहरूको सहभागिता नहुने भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हिजो वागी उम्मेदवारले पनि कांग्रेसमा सहभागिता गरेका छन्। हिजो मतदान नगर्नेहरू आत्तिँदै तिरस्कार हुने हो कि निष्कासन हुने हो कि भन्ने डरले अध्याविक गरेको देखिएको छ।’ अहिलेको जमानामा डर, धाक, धम्की राजनीति नचल्ने उनले बताए। कांग्रेसको कार्यकर्ता डराएर राजनीति सम्भव नहुने उनको भनाइ छ।

उनले पार्टीलाई दम्भबाट चलाउन खोजिएको आरोप लगाए। ‘नेतृत्वले सबैको कुरा सुन्नुपर्छ। कुरा नसुनेको अवस्थामा समस्या हुने हो’, महामन्त्री राईले भने, ‘हामीले निर्धारित समयमै पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्छ। निष्पक्ष हुने महाधिवेशनबाट सबैलाई एकताको मालामा राख्न सकियोस्। तर, अहिलेजस्तो पार्टीलाई सानो बनाएर दम्भका आधारमा पार्टी चल्दैन। यसरी अघि बढिरहन्छु भन्ने सपना कसैले नदेखे हुन्छ।’

आफूहरूले पार्टीको १५ औं महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा अघि बढाउन चाहेको उनको भनाइ छ। पत्रकार सम्मेलनमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विशेष महाधिवेशनबाट आएको नेतृत्वले महाधिवेशनमा नआएकाहरूको नेतृत्व गर्न सक्नुपर्नेमा जोड दिए। पत्रकार सम्मेलनमा पार्टीका मोरङ जिल्ला उपसभापति नागेश कोइराला, विराटनगर महानगर कमिटीका सभापति दीपक चापागाईं लगायतको उपस्थिति थियो।

भेलामा कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यतामा हुने भेलामा कृष्ण सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, एनपी साउद, बलबहादुर केसीलगायतले सम्बोधन गर्नेछन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…