हर्क साम्पाङ भन्छन् – ‘देशलाई माया गर्दा गाली खाइरहेको छु’

हर्क साम्पाङ भन्छन् – ‘देशलाई माया गर्दा गाली खाइरहेको छु’
+
-

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले देशलाई माया गरेकै कारण आफूले गाली खानुपरेको गुनासो गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा उनले देशको हितका लागि आवाज उठाउँदा अपमान र तिरस्कार सहनुपरेको गुनासो गरे। उनले आफूले धरानको मेयर हुँदा दैनिक करिब एक हजार गाली पाउने गरेको स्मरण गर्दै हाल त्यो संख्या बढेर दैनिक १० हजार पुगेको बताए।

उनले दार्चुलामा पुल बनाउने क्रममा पनि आफूलाई गाली आएको बताए। उनले सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित रूपमा गाली अभियान सञ्चालन भइरहेको आशंका पनि व्यक्त गरे। उनले सो पुल विवादका बीच पनि निर्माण सम्पन्न हुन लागेको र छिट्टै उद्घाटन गर्ने बताए।

नेपाली समाजमा अरूले गरेको कामको प्रशंसा गर्नुभन्दा खुट्टा तान्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै उनले त्यसको अन्त्य नभएसम्म देश बन्न नसक्ने बताए। आफू काम नगर्ने र अरुलाई पनि गर्न नदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ।

उनले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिका कारण सुस्तामा भारतीय सेना प्रवेश गरेको आरोप लगाए। उनले सीमा सुरक्षाका विषयमा राज्य संवेदनशील हुनुपर्नेमा जोड दिए।

उनले विदेशी ऋण लिएर विकास गर्नेभन्दा स्वदेशी स्रोत र श्रममा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने बताउ।

उनले श्रम संस्कृति पार्टीका कोही पनि सांसदले भ्रष्टाचार नगर्ने बताए। पार्टी संगठनलाई देशभर विस्तार गर्ने उल्लेख गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनमा श्रम संस्कृतिलाई जिताउन आग्रह पनि गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…