कर्णाली प्रदेशका यी निर्देशनालय खारेज

कर्णाली प्रदेशका यी निर्देशनालय खारेज
+
-
देशसञ्चार AI सारांश
  • कर्णाली प्रदेश सरकारले पाँच निर्देशनालयलाई खारेज गरी तिनीहरूलाई जिल्ला कार्यालयमा परिवर्तन गर्ने निर्णय गरेको छ।
  • पूर्वाधार, कृषि, पशुपन्छी, खानेपानी र ऊर्जा विकास निर्देशनालयहरूलाई जिल्ला कार्यालयका रूपमा कायम गरिनेछ।
  • खारेज गरिएका विभिन्न केन्द्रहरूका काम कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमार्फत अघि बढाउने योजना बनाइएको छ।

हुम्ला – कर्णाली प्रदेश सरकारले निर्देशनालय खारेज गरेर जिल्ला कार्यालयमा परिणत गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले पाँच वटा निर्देशनालयलाई घटुवा गरी जिल्ला कार्यालयमा परिणत गर्ने निर्णय गरेको हो ।

जिल्ला कार्यालयमा परिणत हुने निर्देशनालयमा पूर्वाधार विकास निर्देशनालय, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपन्छी विकास निर्देशनालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रहेका छन् ।

यी निर्देशनालयलाई जिल्ला कार्यालयका रूपमा कायम गरिनेछ । यस्तै, प्रदेश वन निर्देशनालयबाट हुने काम अब उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट मिलाउने र त्यसका लागि मन्त्रालयले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय गरिएको छ ।

यसैगरी वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, मानव संसाधन विकास केन्द्र, कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्धन प्रशिक्षण केन्द्रलाई खारेज गरिएको छ । ती कार्यालयबाट सम्पादन हुने काम कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट गर्ने जनाइएको छ ।

प्रदेश वन निर्देशनालयको काम प्रदेशभित्र रहेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय; कर्णाली प्रदेश अन्तर्गतका कार्यालयहरूबाट सञ्चालित विकास कार्यक्रमको अनुगमन तथा निरीक्षण गर्ने, प्रदेशस्थित वन, वनस्पति, भूसंरक्षण, वन अनुसन्धान तथा वनसँग सम्बन्धित साना उद्योगसम्बन्धी कार्य गर्ने आयोजना, परियोजना र अन्य गैरसरकारी सङ्घ संस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन एवं प्रभावकारी बनाउने रहनेछ ।

यस्तै केन्द्रीयस्तर, प्रदेशस्तर, स्थानीय तहमा बन्ने वनक्षेत्रसँग सम्बन्धित नीति निर्माणमा सहयोग पुर्‍याउनुका साथै स्थानीय तह तथा प्रदेश सरकारसँग समन्वयकारी भूमिका निर्वाह गरी वनक्षेत्रमा स्थानीय सहभागितासहितको दिगो व्यवस्थापनमा टेवा पुर्‍याउनु रहेको छ ।

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले वनक्षेत्रको वैज्ञानिक सर्भे तथा अनुसन्धान गर्ने, राष्ट्रिय तहका वनसम्बन्धी काम गर्ने, वनको नक्साङ्कन तयार पार्ने र वन व्यवस्थापनसम्बन्धी काम गर्ने छ ।

मानव संसाधन विकास केन्द्रले विभिन्न तहगत तालिम प्रदान गरी प्रदेशका स्वास्थ्य तथा शिक्षासम्बद्ध कर्मचारी र शिक्षकको क्षमता अभिवृद्धि गर्ने काम गर्ने छ भने कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्धन प्रशिक्षण केन्द्रले कृषि तथा पशुपन्छी र प्रवर्धनसम्बन्धी काम सम्पन्न गर्ने छ । यी कार्यालयको काम आगामी साउन १ देखि कार्यान्वयन हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…