पर्यटकीय क्षेत्र लाप्चा पुग्न पूर्वाधार अभाव

+
-
देशसञ्चार AI सारांश
  • लाप्चा क्षेत्रको पर्यटकिय आकषर्ण बढिरहेको भए पनि आवश्यक पूर्वाधार अभावले भ्रमणमा समस्या उत्पन्न गरेको छ।

  • सिमकोटदेखि लाप्चा पुग्नका लागि सल्लीदेखि ५० किलोमिटरको खाल्डाखुल्डीले भरिएको सडकले पर्यटकलाई सास्ती दिएको छ।

  • सडक स्तरोन्नति आगामी वर्षमा योजना गरिए पनि हाल टेलिकम सेवा समेत नपुग्दा संचार समस्या कायम छ।

हुम्ला – पूर्वाधार अभावमा नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको पर्यटकीय क्षेत्रका रुपमा परिचित लाप्चा पुग्न समस्या देखिएको छ।
लाप्चा क्षेत्रको प्रवेशद्वारका रुपमा रहेको सल्लीबाट लाप्चासम्मकै सडकको ट्रयाक खुलाउने कार्य भएपछि स्तरोन्नति नगरिनु र हालसम्म नेपाल टेलिकमको सञ्चार सेवा नपुगेका कारण पर्यटक आवागमनका लागि मुख्य पुर्वाधार अभाव देखिएको हो।

पाँच हजार १३० मिटर उचाइको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने सिजन सुरु भएर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढिरहेका बेला त्यहाँ जान आवश्यक पूर्वाधारको अभाव खड्किएको छ।

लाप्चा जाने मुख्य प्रवेशद्धारका रुपमा रहेको सल्लीबाट लाप्चासम्मको सडक खाल्डाखुल्डी, ढुंगैढुंगा र कतिपय सडकमा खोलाको पानी सडकमा बगेर हिलाम्मे सडक त कतै धुलाम्मे सडकमा यात्रा गर्न पर्यटकले निकै सास्ती भोग्नुपर्ने अवस्था छ। पर्यटक यस्तो सास्तीलाई बिर्सेर मानसरोवर कैलाशको दूरदर्शनका लागि जाने क्रम बढिरहेको उनको भनाइ छ।

सिमकोटबाट लाप्चा करिब ८६ किलोमिटर दूरीमा रहेको छ। सिमकोट सल्लीसम्मको ३६ किलोमिटर सडक राम्रो भए पनि सल्लीबाट लाप्चासम्मको पचास किलोमिटर सडक भने कष्टपूर्ण रहेको पर्यटकको गुनासोे छ।

न्यालुबाट ताक्चीसम्मको सडक स्तरोन्नति गर्ने कार्य नभए पनि पुल्की लेकबाट लाप्चासम्मको सडक स्तरोन्नति गर्ने कार्य आगामी वर्ष गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख नरेशराज जैसीले बताए।

यता सल्लीबाट न्यालुसम्मको कच्ची सडकमा भने सडक बोर्ड नेपालबाट आगामी आर्थिक वर्षमा स्तरोन्नति भइरहेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए।

सल्लीबाट लाप्चासम्म सडकको मात्र समस्या नभएर सञ्चारका पनि उस्तै समस्या रहेको लाप्चा पुगेका आन्तरिक पर्यटक राजबहादुर लामाले बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…