दुर्गा प्रसाईं राजसंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि बढ्नेछः धवलशमशेर

दुर्गा प्रसाईं राजसंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि बढ्नेछः धवलशमशेर
+
-
देशसञ्चार AI सारांश
  • डा. धवल शमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई स्थापित गर्न नयाँ राष्ट्रवादी पार्टी बनाउने घोषणा गरेका छन्।
  • उनले दुर्गा प्रसाईलाई निमुखा जनताको नेता तथा ब्राण्ड भएको भन्दै पार्टीको नेतृत्व गर्न प्रस्ताव गरे।
  • राणाका अनुसार राप्रपाका अध्यक्षले पर्याप्त प्रयास नगरेका कारण नयाँ पार्टी स्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ।

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवल शमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई स्थापित गराउन आफूहरूले नयाँ राष्ट्रवादी पार्टी निर्माण गर्न लागेको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले नयाँ पार्टीको नेतृत्व राजा र हिन्दु राष्ट्रको एजेण्डालाई बोकेर निमुख जनताको नेता बनेका दुर्गा प्रसाईले गर्ने बताए।

राजा र हिन्दु राष्ट्र बोकेको एजेण्डालाई लिएर देशव्यापी रुपमा निमुखा जनताको नेता र ब्राण्ड भएकाले प्रसाईंले पार्टीको नेतृत्व गर्ने उनको भनाइ थियो।

नेता राणाले नयाँ बन्ने पार्टीले राजासहितको प्रजातन्त्र बोक्ने र हिन्दु राष्ट्र मुलुकमा कायम गरिछाड्ने संकल्प लिएको पनि बताए।

उनले भने, ‘राजसंस्था र हिन्दु राज्यको एजेण्डालाई रेस्क्यू गर्नुपर्छ र यो एजेण्डालाई रेस्क्यू गर्दा सबै राष्ट्रवादी, राजावादी एक ठाउँमा ल्याउनु पर्छ भन्ने क्रममा सबभन्दा पहिला दृष्टि हाम्रो दुर्गा प्रसाईंजीमाथि गयो। उहाँ एउटा राजा र हिन्दु राष्ट्र बोकेको यो एजेण्डालाई लिएर देशव्यापी रुपमा निमुखा जनताको नेता हुनुभएको छ। एउटा ब्राण्ड हुनुभएको छ। उहाँ र हाम्रो सल्लाह मिलेको छ। उहाँ हाम्रो बाण्ड हुने, पार्टीको नेता हुने र हामीले पार्टी चलाउने हो।’

नेता राणाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डालाई इमान्दारिताका साथ अघि नबढाएकाले आफूहरुले नयाँ पार्टी स्थापना गर्नुपर्ने अवस्था आएको जिकिर गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…