- नेपाली प्रधानमन्त्री र मन्त्रीहरूको असंवेदनशील बकबासबाट नागरिक दिक्क भएका बेला सदनभित्रको नौटंकीले विकल्पको आवश्यकतालाई थप जोड दिन्छ।
- प्रधानमन्त्रीले आफ्ना पूर्ववर्ती र विदेशी नेताहरूको संवाद कला सिक्न आवश्यक छैन, तर अत्यावश्यक मृदु गुण जागरूक गर्न सक्दछन्।
- संसदलाई सशक्त र जवाफदेही बनाउन संविधानमा परिवर्तनको आवश्यकता छ, तर मृदु संवादको महत्त्वबिना अनर्थ निम्त्याइनेछ।
२०८२ साल चैत १३ गतेदेखि घण्टी शासन सुरु भएयताका दिनहरू, नेपाली नागरिकले बढ्दो महँगीको निम्ति थुप्रै आश्वासन पाएर पनि खासै राहत महसुस नगरिरहेको अवस्थामा, देशमा प्रधानमन्त्री र मन्त्रीहरूबाट हुने परम्परागत बकबासको अनन्त श्रोतहरू (अर्ति, उपदेश, निर्देशन, उद्घाटन, भाषण/सभा/गोष्ठी भ्रमण, अमुक गठबन्धन र तस्वीरहरू) बाट आमनागरिकले मुक्ति पाएका हुन्।
बरु व्यवस्थापिका संसदमै राखेको नौटंकीले नेपाली समाजलाई दिक्क र विकल्प के होला भनेर सोच्न बाध्य बनाएकै हुनुपर्छ। किनभने संसद र कार्यपालिका देशका अगुवा चरित्रहरू जसले असल संस्कार र मृदु गुण को बाटो देखाउनुपर्ने हो तर तिनीहरूले नै सडक एवं भट्टी पसलको ब्यवहार, अहंकार र आफ्नै अज्ञानतालाई छताछुल्ल गरी पोख्दैछन्।
यस्तो विषम् वातावरण – प्रधानमन्त्रीको मौनता र संसदीय संस्कारको खडेरी र ओठे संवादले नेपाली समाजमा लोप हुँदै गएका मृदु गुण कसरी जगृत होला ? हुनत प्रधानमन्त्री आवश्यकताभन्दा बढी नबोल्ने र काम गरी देखाउने आदर्शबाट शिक्षित रहेछन्, जुन पूर्वीय एवं पश्चिमी दर्शनअनुसार अत्यन्तै असल चरित्र हो तर अव प्रधानमन्त्री नै भइसकेपछि कहाँ र कति बोल्ने भन्ने आवश्यकता सिद्धान्तको तजबिज पनि प्रधानमन्त्रीलेनै तय गर्ने विषय हो।
फेरि प्रधानमन्त्री वा मन्त्रीजस्ता ठूलाठालुलाई सामान्यसम्मको मान्छेले यसो गर, त्यसो गर भन्ने संस्कार पनि आफैंमा असल होइन, यद्यपि बजारमा नबोल्नेको पिठो नबिक्ने जमाना सायद सबैलाई थाहा भएको कुरा हो। तैपनि, संसारका केही मूर्धन्य राजनीतिक ब्यक्तिको संवाद चरित्रबाट केही शिक्षा मिल्छ कि भन्ने आशय राख्ने मात्रै हो।
अमेरिकाका १६औं राष्ट्रपति अब्राहम लिंकन राजनीतिक संवादका लागि अत्यन्त कुशल ब्यक्तित्व मानिन्छन्। सन् १८६० मा राष्ट्रपति भएपश्चात् ‘दास प्रथा उन्मुलन’ का निम्ति लिंकन जति प्रतिबद्ध थिए त्यत्तिकै चुनौती पनि थियो। एकातिर दक्षिणका ११ राज्य लिंकनले त्यो निर्णयलाई हतियारसहितको चुनौती दिइराखेका थिए भने उत्तरतिर खासगरी परम्परावादी अखवार (न्युयोर्क हेराल्ड, न्युयोर्क लिंकन र (पछि) न्युयोर्क टाइम्स) जो डेमोक्रेटिक पार्टीतिर बढी झुकेका थिए, लिंकनको सकेसम्म खेदो खन्ने गर्थे।
तर, राष्ट्रपति लिंकन स्वयं भने छद्म नाम Pen Name ले लेखहरू लेख्ने, सम्पादकलाई गलत सूचनाको विरोध गर्दै चिठ्ठी पठाउने र उन्का स्वकीय सचिवलाई समेत त्यस्तो क्रियाकलापमा संलग्न गराउँथे। लिंकनका भाषण, लेखेका चिठ्ठीपत्र र सदन (कांग्रेस) मा दिएका सन्देशहरू अत्यन्त मननीय संवेदनशील, दूरदर्शी र आदर्शले भरिएका हुन्थे। उदाहरूणको निम्ति सन् १८६३ मा उनको दास प्रथा उन्मूलनको घोषणा गर्दाको त्यो वाक्यांश – जनताद्वारा जनताको निम्ति जनताको सरकार संसारभर हट्ने छैन” आज पनि अत्यन्तै मर्मस्पर्शी सन्देश मानिन्छ।
राष्ट्रपति लिंकन जिवनी, शासन अवधि र तिनका भाषण एवं चिठीपत्र संवादलाई समेटेर हजारौँ किताब प्रकाशित छ। आजपर्यन्त कुनै एउटा राजनीतिक ब्यक्ति विशेषका मनमा लिंकनको जति पुस्तक (दश हजारभन्दा बढी नै) अरु ब्यक्ति विशेषको नाममा प्रकाशित छैन।
अमेरिकामा राष्ट्रपति लिङ्कनको हत्या भएको करिब ८ दशकपछि वेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलको समग्र दाश्रो विश्वयुद्धको चरम विन्दुमा थियो। नाजीवादको अन्त्यको निम्ति चर्चिलले आम नागरिकसँगको संवाददेखि अमेरिकी एवं अन्य समकालीन अन्तर्राष्ट्रि स्तरमा खेलेको कूटनीति अभ्यासले चर्चिल सफल भए पनि १९४५ को युद्धपछिको बेलायती चुनाव जित्न सफल भएनन्। तर, त्यसपछिको समय उनले कलम चलाउँदै, ६ भागमा दोश्रो विश्वयुद्धसम्बन्धी किताव लेखे। फलश्वरुप सन १९५४ मा चर्चिलको त्यो पुस्तक (लगायत अन्य ३ दर्जन अरु पुस्तकमा लेखक) का बापत साहित्यमा नोवेल पुरस्कार प्राप्त गरेका थिए।
जनतासँगको संवादमा भारतमा महात्मा गान्धी अद्वितीय भूमिका भेटिन्छ। भारत स्वतन्त्रता हुनुभन्दा अगाडिको चार दशकको समय गान्धीको आम जनतासँगको संवाद (भाषण कम, तर लेखन ज्यादा अनि प्रत्यक्ष वार्तालाप) मा शान्त, आदर्श, इमानदारी र कर्तब्यपरायणताको समिश्रण हुने उनका जीवनीसम्बन्धी पुस्तकले बताउँछ।
भारतीय प्रधानमन्त्रीहरू मध्ये अटल बिहरी वाजपेयीको भाषण मिठो साहित्य, मानवीय भावना र शुद्ध भाषा सहितको सन्देश÷हुने गर्दथ्यो भने प्रधानमन्त्री ईन्दिरा गान्धीका भाषणहरू अनुशासित, राजनीतिक शक्ति र दरो भाषाले भरिएका पाइन्थे। उता पण्डित जवाहरलाल नेहरूका भाषणहरू दर्शन, आदर्श र दूरदर्शिताले भरिन्थे।
पूर्व प्रधानमन्त्रीहरूमध्ये कृष्णप्रसाद भट्टराईको “वाकपटुता” र विश्वेश्वरप्रसाद कोइरालाको भाषा, साहित्य र विकासवादी चिन्तनले प्रम वालेन्द्र शाहलाई बल नै पुग्छ।
भारतीय प्रधानमन्त्रीहरूमध्ये सबैभन्दा अब्बल प्राज्ञिक र थोरै बोल्ने ब्यक्ति डा. मनमोहन सिंह नै थिए। अत्यन्त कुशल अर्थशास्त्री जसले सन् १९९१ देखि भारतलाई विश्वबजारमा प्रतिस्पर्धा गर्ने ढोका खोले तिनको २००४ देखि २०१४ सम्मको कार्यकालले समग्र अर्थतन्त्रको संरचना विकास गरेको प्रतिफल अहिलेका भारतीय नागरिक खोज्दै छन्। प्रधानमन्त्री पश्चात् मनमोहन सिंहले पनि भारतमा “बदलिंदो मास” (Changing India)” लेख्ने ती प्रधानमन्त्रीलाई चर्चिलसँग तुलना योग्य मानिन्छ।
अब सन् २०१४ देखि प्रधानमन्त्री भएका वर्तमान भारतका प्रधानमन्त्रीबाट नेपालका प्रधानमन्त्रीले सिक्नुभन्दा नसिक्नु नै उत्तम हुन्छ किनभने भारतमा ती प्रधानमन्त्री दोहोरी संवादमा शून्य छन्, एकोहोरो वकवासलाई संवाद भनिँदैन। अब प्रधानमन्त्रीले नेपालका पूर्व प्रधानमन्त्रीहरूबाट केही ज्ञान लिन चाहन्छन् भने वामपन्थी महोदयहरूबाट लिने भनेको झुट, ठगी, घृणा, आडम्बर, ईर्ष्या, निन्दा, आत्मरति र अहंकार मात्रै हुन्।
अब पूर्व प्रधानमन्त्रीहरूमध्ये कृष्णप्रसाद भट्टराईको “वाकपटुता” र विश्वेश्वरप्रसाद कोइरालाको भाषा, साहित्य र विकासवादी चिन्तनले प्रम वालेन्द्र शाहलाई बल नै पुग्छ।
हुनतः घण्टी सरकार “सुशासन” को बिरुवा रोप्दै छन् तर विगत ३० वर्षमा नेपाली भूमिलाई कुशासनको चट्टान बनाउने प्रमुख पात्रमध्ये “कर्मचारी” अग्रणी हुन्। किनकि नेपालका कर्मचारी सम्पूर्ण नेपाली ऐन, कानुन, नीति, नियम र निर्देशिका आफैं लेख्छन् अनि आफैं कार्यान्वयन गर्ने हैसियत राख्छन्, संसद र सांसद त ताली पिट्ने ठाउँ मात्रै हो।
यदि, केही नयाँ थपियो भने सिर्फ “स्वार्थ” लाई घुसारेर राजनीतिक भाडा खाने प्रवृत्ति संस्थागत् गरिन्छ। यो अहिलेको गणतान्त्रिक संस्कार हो। अब २७५ को हैसियत नै हेर्नुपर्यो भने संसदमा देखिनै नौटंकीबाहेक ९० प्रतिशतले कुनै एउटा विषयमा निबन्ध लेख्ने क्षमता राखेको देखिंदैन।
तसर्थ प्रधानमन्त्रीले आफ्नो मौनतालाई सही संवादको माध्यममार्फत संसदलाई पुनर्जीवन मात्रै होइन कि सशक्त संस्था बनाउन सक्छन्। संसदलाई विधेयकसम्बन्धी सम्पूर्ण अधिकार सम्पन्न गर्दै देशमा सम्पूर्ण संवैधानिक निकायको जवाफदेहिताको केन्द्रविन्दु बनाउन संविधानमा परिवर्तन आवश्यक छ।
फेरि २७५ जना सांसदको औचित्य स्वतः आवश्यक देखिँदैन। किनकि निर्वाचित र टिकेहरूको समिश्रणबाट बन्ने कुनै पनि विधेयकमा बिचौलियकरण हुँदैन भन्ने कुनै विश्वासिलो आधार पाइँदैन।
संवाद मृदगुणको प्रमुख आधार भए नि सत्तावालाहरूको एकतर्फी भनाइले अनर्थ निम्त्याउन सक्छ। जस्तैः प्रधानमन्त्रीले सदनमा “जंगे स्तम्भ” को समस्यालाई मीठो भाषामा प्रयोग गरेको भए अर्कै सन्देश जाने थियो, उता भारतका एउटा न्यायाधीशको मृदगुणको अभाव र कुर्सीको ताकत स्वरुप को “साङ्खलो तरङ्ख” को रडाको लाई नेपाली न्यायालयले आफ्ना भ्रान्ति/भ्रमपूर्ण तर्कहरू पुनः विचार गर्लान् ?
संक्षेपमा भन्नुपर्दा, नेपाली नागरिक आफ्ना सांसद र राजनीतिज्ञहरूलाई सौम्य गुण इमानदारी, निष्ठा, सम्मान, पारदर्शिता, व्यवस्थित, जोखिम लिने, निर्णय लिने साहस, व्यवस्थापक, निहित स्वार्थरहित र संवादमा संलग्न भएको हेर्न पर्खिरहेका छन्।
भर्खरै
लोकप्रिय
