- एमालेले संविधान कार्यान्वयनको सवल र दुर्बल पक्ष पहिल्याउन नेता अग्नि खरेलको नेतृत्वमा उपसमिति गठन गरेको छ।
- उपसमितिले संविधान संशोधन सुझाव संकलन गर्न र कार्यान्वयनका जटिलताबारे पुनरावलोकन प्रस्ताव तयार गर्नेछ।
- कार्यदलले अन्य राजनीतिक दलसँग संविधान संशोधन सम्बन्धी संवाद तथा अन्तरक्रिया गर्ने निर्णय गरेको छ।
काठमाडौँ – संविधान कार्यान्वयनको सवल र दुर्वल पक्ष पहिल्याउन एमालेले उपसमिति गठन गरेको छ।
उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा गठित संविधान संशोधन सुझाव कार्यदलको आइतबार बसेको बैठकले नेता अग्नि खरेलको नेतृत्वमा कार्यदल बनाएको हो।
खरेल वरिष्ठ अधिवक्तासँगै पूर्वकानुनमन्त्री र पूर्वमहान्यायाधीवक्ता हुन्।
एमाले नेता महेश बर्तौलाका अनुसार कार्यदलले संविधान कार्यान्वयनको हालसम्मको अनुभवका आधारमा संविधानका सबल तथा कमजोर पक्ष पहिल्याउने छ।
उनले भने, ‘जसले कार्यान्वयनका क्रममा देखिएका जटिलता सहितको पुनरावलोकन सम्बन्धी प्रस्ताव तयार गर्न र संविधान संशोधन सम्बन्धी सुझाव संकलनका लागी बिस्तृत कार्यतालिका निर्माण गर्न उपसमिति गठन गरिएको छ।’ उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य छन्।
जेठको पहिलो हप्ता बसेको एमाले सचिवालय बैठकले पौडेलको संयोजकत्वमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुली कुमारी महतो पासाङ शेर्पा, अमर थापा र राजेन्द्र घिमिरेसहितको कार्यदल गठन गरेको थियो।
कार्य दलले संविधान संशोधनको विषयमा अरु राजनीतिक दलहरू र दलहरुले गठन गरेका संविधान संशोधन सम्बन्धी कार्यदलहरूसँग पनि संवाद, छलफल तथा अन्तरक्रिया गर्ने निर्णय पनि गरेको छ।
भर्खरै
लोकप्रिय
