मोरङ – कांग्रेस नेता विजयकुमार गच्छदारले पार्टीको वर्तमान शीर्ष नेतृत्वले पार्टी हाँक्न नसक्ने आरोप लगाएका छन्।
विराटनगरमा आइतबार आयोजित बृहत भेला साझा प्रतिबद्धता कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता गच्छदारले पार्टी सभापति गगनकुमार थापालाई नेतृत्व हाक्न नसक्ने आरोप लगाएका हुन्।
प्रदेशका विभिन्न जिल्लाबाट सहभागी भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘सुनसरीबाट म भन्न चाहन्छ्ु। तपाईं कांग्रेससँग तर्सिनुभयो भने तपाईंले कांग्रेसलाई उभो लगाउन सक्नुहुन्न। कांग्रेसलाई पहिलो ड्राइभ गर्न सिक्नुहोस्।’
पार्टीभित्र एकअर्कालाई सम्मान गर्न नसकिरहेको अवस्थामा उनले भने, ‘आफ्ना पितातुल्य नेताहरूलाई सम्मान गर्न सक्नुभएन भने तपाईं कांग्रेस सम्हाल्न सक्नुहुन्न। कांग्रेसलाई ठीक स्थानमा पुर् याउन सक्नुहुन्न।’
विशेष अधिवेशनबाट सभापति भएका गगन थापालाई गच्छदारले भने, ‘तपाईं कानुनी हिसाबले अधिवेशनबाट बलियो सभापति त हुनुभएको छ। वैधानिक रूपमा तपाईं सभापति हुनुभएको छ। त्यतिले मात्र सभापतिले देशको राजनीतिलाई कांग्रेसलाई सम्हाल्न सक्नुहुन्छ।’
विशेष अधिवेशनबाहिर रहेका कांग्रेसहरूलाई पाखा लगाएर पार्टीलाई ठीक ठाउँमा पुर् याउने सभापति थापाको सोच भए त्यो गलत हुने गच्छदारले बताए।
भर्खरै
लोकप्रिय
