गिरिबन्धु,ओम्नी, वाइडवडीको फाइल खोल्न सरकारलाई पद्मा अर्यालको चुनौती

गिरिबन्धु,ओम्नी, वाइडवडीको फाइल खोल्न सरकारलाई पद्मा अर्यालको चुनौती
फाइल तस्बिर
+
-

काठमाडौँ– नेकपा एमालेकी उपनेता पद्मा अर्यालले गिरिबन्धु, ओम्नी र वाइडवडीको फाइल खोल्न सरकारलाई चुनौती दिएकी छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्यालले विवादित भनिएका सबै फाइल खोल्न सरकारलाई चुनौती दिएकी हुन्। उनले बजेटको छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षीलाई लक्षित गर्दै ‘फाइल खोल्ने’ चेतावनी दिएकोप्रति लक्षित गर्दै उनले टी–स्टेट प्रकरणको फाइल पहिलो प्राथमिकता राखेर खोल्न चुनौती दिइन्।

उनले विपक्षीमाथि लगाइएका आरोपहरू छानबिनबाट पुष्टि नभएमा आरोप लगाउनेहरूले त्यसको जिम्मेवारी लिन तयार छन् कि छैनन् ? भन्दै प्रश्न गरिन्। ‘प्रतिपक्षीले बजेटका सम्बन्धमा राखेका सल्लाह, सुझाव प्रश्न गर्दैगर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चीज बताउनुभयो, त्यो आपत्तिजनक छ। कसलाई लक्षित गर्नुभयो? उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ, म भन्न चाहन्छु, टी स्टेटको फाइल पहिलो नम्बरमा खोलियोस्’, उनले भनिन् ‘म आग्रह गर्न चाहन्छु, त्यसपछि विपक्षीसँग जोडिएका ओम्नी हुन् कि वाइडवडी हुने कि के-के फाइल हुन्, तपाइहरुको हातमा छ खोलियोस्।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…