हर्कले छाडेनन् प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउने माग

हर्कले छाडेनन् प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउने माग
+
-
देशसञ्चार AI सारांश
  • श्रम संस्कृति पार्टीले प्रधानमन्त्री शाहको विवादास्पद सीमा सम्बन्धी अभिव्यक्तिको विरोध कायम राख्दै रेकर्डबाट हटाउन पुनः माग गरेका छन्।
  • राईले सुस्ता क्षेत्रमा भारतीय अतिक्रमणको विरोध गर्दा पक्राउ परेका युवाहरूको तत्काल रिहाइको माग गरे।
  • प्रहरीद्वारा विद्यार्थीका मोबाइल नष्ट र टेम्पो चलकको सवारी साधन भीरबाट खसाल्ने घटनाको राईले आलोचना गरे।

काठमाडौँ – अरु विपक्षी दलहरुले सीमा सम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको आपत्ति जनक भनाइप्रतिको विरोध छाडे पनि श्रम संस्कृति पार्टीले भने आफ्नो माग यथावत राखेको छ।

शाहले जेठ १७ गते नेपालले पनि भारतको सीमा मिचेको छ भन्दै दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन श्रम संस्कृतिका नेता हर्क साङ्पाङले सोमबार पनि माग राखेका हुन्।

संसदको विशेष समयमा राईले प्रधानमन्त्री बालेन्द्र साहद्वारा संसदमा दिइएको विवादित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण फेरि पनि गराए। उनले विवादित अभिव्यक्ति संसदको रेकर्डबाट कहिले हट्छ भन्दै सोमबार सभामुख डोलप्रसाद अर्यालसँग प्रश्न गरेका हुन्।

उनले सुस्ता क्षेत्रमा भारबअतीय सशस्त्र सीमा बल (एसएसबी) बाट भएको अतिक्रमण र नेपाली नागरिकमाथि गरिएको धाकधम्कीको विरोध गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रति विरोध जनाए।

माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका अजय सोदारी र बिरजन बिकलाई प्रहरीले नियन्त्रणमा लिएर झुट्टा मुद्दा चलाउन खोजेको भन्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए। देशभक्त युवाहरूलाई दुःख नदिन र उनीहरूलाई तत्काल रिहा गर्न माग गरे।

प्रहरीको पछिल्लो कार्यशैलीमाथि प्रश्न उठाउँदै सांसद राईले विद्यार्थीहरूको मोबाइल खोसेर नष्ट गरिएको र एक विपन्न टेम्पो चालकको सवारी साधन भीरबाट खसालिएको घटनाको आलोचना गरे।

‘विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाउने र गरिबको टेम्पो भीरबाट गुल्ट्याउने जस्ता अमानवीय कार्य गर्नेलाई कारबाही हुनुपर्छ, राईले भने।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…