- घरेलु बक्सअफिसमा ‘लालीबजार’ले ९ करोड १६ लाख रुपैयाँ ग्रस कलेक्सन गरी ३ लाख ११ हजार ४०३ दर्शक आकर्षित गरेको छ।
- ‘मितज्यू’ले १ करोड ३२ लाख ५३ हजार ३४२ रुपैयाँ ग्रस कमाउँदै अपेक्षित व्यापार गर्न सकेन।
- ‘रोल नम्बर १’ले १ करोड ३५ लाख १५ हजार ९९३ रुपैयाँ ग्रस कमाइदैं ‘मितज्यू’लाई उछेलेको छ।
घरेलु बक्सअफिसमा फिल्म ‘लालीबजार’ले देशव्यापी ९ करोडको व्यापार गरेको छ ।
चलचित्र विकास बोर्डले आइतबारसम्म सार्वजनिक गरेको विवरण अनुसार फिल्म लालीबजारले कलेक्सन ९ करोड १६ लाख रुपैयाँ ग्रस छ।
सोसल ड्रामा फिल्म ‘लालीबजार’लाई ३ लाख ११ हजार ४०३ जनाले हेरेका छन्। फिल्मको डिजिटल र विदेश राइट जोड्दा कलेक्सन १० करोड रुपैयाँ ग्रसभन्दा धेरै पुगेको निर्मण टिमको दावी छ।
त्यसैगरी दयाहाङ राई, सौगात मल्ल र टेरिया मगर अभिनित फिल्म ‘मितज्यू’ले आइतबारसम्म १ करोड ३२ लाख ५३ हजार ३४२ रुपैयाँ ग्रस कमाएको छ। आइतबारसम्म ४६ हजार १५४ जनाले हेरेको यो फिल्मले अपेक्षित व्यापार गर्न सकेन।
‘रोल नम्बर १’ ले १ करोड ३५ लाख १५ हजार ९९३ रुपैयाँ ग्रस कमाएको छ। यसलाई ४७ हजार १५१ जनाले हेरेका छन्। मितज्युलाई यसले उछेनेको छ।
केकी अधिकारी र विपिन कार्की स्टारर ‘काजी’ले ४४ लाख ४८ हजार ६० रुपैयाँ ग्रस कमाएको छ। सोही अवधिसम्म यसलाई १४ हजार ३२४ जनाले हेरेका छन्। ‘लाइफ ड्यामेज’ले ३४ लाख ६६ हजार २९० रुपैयाँ ग्रस कमाएको छ। सोही अवधिसम्म यसलाई ११ हजार ३७१ जनाले हेरेका छन्। त्यसैगरी फिल्म कुम्भलाई १६७९ जना दर्शकले हेर्दा ३ लाख ९१ हजार १० रुपैयाँ ग्रस कमाएको छ।
भर्खरै
लोकप्रिय
