ठेकेदारको खुट्टा भाँचिदिने मन्त्रीको अभिव्यक्ति कानुनी शासन विपरीतः बासना थापा

ठेकेदारको खुट्टा भाँचिदिने मन्त्रीको अभिव्यक्ति कानुनी शासन विपरीतः बासना थापा
+
-

काठमाडौँ – नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिने’ भनेर दिएको अभिव्यक्ति कानुनीशासन विपरीत भएको बताएकी छन्।

प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले काम नगर्ने निर्माण व्यवसायीलाई कानुनी प्रक्रिया अवलम्बन गरी कारबाही गर्न सकिने बताइन्। उनले काम नगर्ने निर्माण व्यवसायीमाथि कारबाही आवश्यक भए कानुनी दायराभित्र ल्याउनुपर्ने, कालोसूचीमा राख्ने वा अन्य कानुनी उपाय अपनाउनुपर्ने उनको भनाइ थियो।

भौतिक कारबाहीको भाषा स्वीकार्य हुन नसक्ने उनले बताइन्। उनले यस विषयमा मन्त्रीसँग जवाफ माग्न चाहेको भए पनि मन्त्री नै उपस्थित नभएकोमा असन्तुष्टि जनाइन्।

समितिको बैठक मन्त्रीबिना सञ्चालन भएको भन्दै उनले मन्त्रीको उपस्थितमा मात्रै छलफल गर्नुपर्ने बताइन्। उनले प्रतिपक्षको भूमिका अवरोध सिर्जना गर्नु नभई सुशासन र विधिको शासन सुनिश्चित गर्नु रहेको उनको भनाइ थियो। नयाँ भन्दैमा नीति, नियम र प्रक्रियालाई मिचेर अघि बढ्न नहुनेमा उनले जोड दिइन्।

सांसद थापाले कर्णाली प्रदेशका सडक आयोजनाको अवस्थाप्रति पनि ध्यानाकर्षण गराउँदै सडक निर्माण, इन्जिनियरिङ, मूल्यांकन र स्वीकृति प्रक्रियामा देखिएका कमजोरीबारे प्रश्न उठाइन्।

उनका अनुसार कतिपय सडक निर्माण सम्पन्न भए पनि अझै रोड परमिट प्राप्त हुन सकेको छैन। उनले सडक निर्माणपछि आवश्यक स्वीकृति र मूल्यांकन प्रक्रिया समयमै पूरा नहुँदा सार्वजनिक स्रोतको प्रभावकारी उपयोगमा समेत प्रश्न उठेको बताइन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…