काठमाडौँ– प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्मा (अनल)ले संसदमा प्रधानमन्त्रीले दिएको सीमासम्बन्धि अभिव्यक्ति तत्काल सच्याउनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सीमासम्बन्धमा दिएको गलत अभिव्यक्ति अझै पनि नसच्चिएको र सभामुख अर्यालले पनि सच्याउनका लागि रुलिङ नगरेको पनि आक्रोश व्यक्त गरे। उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आफैले संसदमा आएर नसच्याएसम्म आफूहरुको विरोध कायमै रहने अडान पनि दोहोर्याए।
सांसद शर्माले संसदमा हुर्मत लिने काम सरकारले गरिरहेको जिकीर पनि गरे। ‘हामीले प्रधानमन्त्रीको लगत अभिव्यक्ति सच्याउन भन्यौँ। तर आजसम्म न सभामुखज्यूले सरकारलाई रुलिङ गर्नुहुन्छ। न सरकार जवाफदेही भएर संसदमा आएर जवाफ दिन्छ’ उनले भने ‘हामी सबै प्रतिपक्ष दलहरुको एउटै अभिव्यक्ति छ–उक्त गलत अभिव्यक्ति संसदमा नै आएर सच्याईयोस्। उहाँ (प्रधानमन्त्री)ले भनेको कुरा सही छ भने हाम्रो सामू यो-यो कारणले सही छ भनेर भन्न तयार हुनुहोस्। सीमानाको बारेमा उहाँले दिएको लगत अभिव्यक्ति सच्याइयोस्। त्यो सच्याउनका लागि सभामुखबाट तत्काल रुलिङ होस भन्न चाहन्छु।’
भर्खरै
लोकप्रिय
