रामहरि हत्या प्रकरणमा बटालाले गरे आत्मसमर्पण, कारागार चलान

रामहरि हत्या प्रकरणमा बटालाले गरे आत्मसमर्पण, कारागार चलान
+
-

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गोविन्दबहादुर बटालाले अदालतमा आत्मसमर्पण गरेका छन्। उनले बुधबार सर्वोच्च अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन्। । उनी तत्कालीन माओवादी लडाकुका ब्रिगेड कमान्डर थिए ।

व्यवसायी रामहरि श्रेष्ठको अपहरण र हत्या मुद्दामा सर्वोच्च अदालतले उनलाई १० वर्ष कैद सजायको फैसला गरेको थियो।

२०८३ जेठ २८ मा न्यायाधीशहरू डा.नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाले पुनरावलोकन सुनुवाइ गर्दै त्यसअघि भएको फैसला उल्ट्याएर बटालालाई १० वर्ष कैद सजाय तोकेका थिए।

कालिकोटको माल्कोट स्थायी ठेगाना भएका बटालालाई सर्वोच्च अदालत प्रशासनले डिल्लीबजार कारागार चलान गरेको छ।

फैसला भएको मितिले ६० दिनभित्र हाजिर भएर कैदमा बसेमा जरिवानाको २० प्रतिशत मिनाहा कुने कानुनी व्यवस्थाअनुसार बटालाले आफ्नो सजायमा २० प्रतिशत छुट पाउने छन्।

व्यापारी रामहरि श्रेष्ठलाई २०६८ असार ६ मा काठमाडौँबाट अपहरण गरेर चितवनमा लगेर हत्या गरेको कसुरमा बटाला दोषी ठहर भएका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…