अ
+
अ
अ
-
रातो मच्छिन्द्रनाथको रथ आज लगनखेलबाट तानेर आज जावलाखेल पुर्याइएको छ।
आज अपरान्हदेखि रथ तान्न सुरू गरेर साँझ जावलाखेल पुर्याइएको हो। वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ। आज जावलाखेल पुर्याएसंगै अब शनिवार भोटो जात्रा मनाइन्छ।
रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो। मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म चल्छ। मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ।
भोटो देखाएसँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ।

तस्बिरहरू : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय
