शिशिर खनाल र सुनिल लम्सालले गरे नियमावली उल्लंघन, एमालेको आपत्ति

शिशिर खनाल र सुनिल लम्सालले गरे नियमावली उल्लंघन, एमालेको आपत्ति
क्रमश: बायाँबाट शिशिर खनाल र सुनिल लम्साल। तस्बिर: बर्षा शाह/देशसञ्चार
+
-
देशसञ्चार AI सारांश
  • परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेका छन्।
  • एनएमसी एमालेले मन्त्रीहरूको व्यवहारप्रति आपत्ति जनाउँदै सदनमा दु:ख व्यक्त गरेको छ।
  • सभामुखको आशन र बोलिरहेका सदस्यको बीचबाट हिड्न नपाइने व्यवस्थाको उल्लंघन गरेपछि ऐन महरले आपत्ति जनाए।

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेका छन्।

बिहीबारको जारी संसद बैठकमा उनीहरूले नियमावलीको उल्लंघन गरेपछि प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति प्रकट गर्दै दु:ख व्यक्तसमेत गरेको छ।

बैठक सुरु भएको केही समयपछि बैठकमा सहभागी भएका दुईमन्त्री खनाल र लम्सालले सभामुखको आशन र संसदमा बोलिरहेका सदस्यको बिचबाट हिड्न नपाइने व्यवस्थाको उल्लंघन गर्दै उनीहरू आज (बिहीबार) हिडेका थिए।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्ल बोलिरहेको समयमा बिचबाट हिडेका थिए। प्रतिनिधिसभा नियमावली नियम २० को खण्ड ६ मा सभामुखको आशन तथा बोलिरहेका सदस्यकोबीचबाट हिड्न हुँदैन भन्ने व्यवस्था छ।

उक्त व्यवस्थाको उल्लंघन गरेपछि एमालेका प्रमुख सचेतक ऐन महरले आपत्ति प्रकट गरेका थिए। ‘प्रतिनिधिसभा नियमावली नियम २० को खण्ड ६ मा सभामुखको आशन तथा बोलिरहेका सदस्यकोबीचबाट हिड्न हुँदैन भन्ने व्यवस्था छ’ महरले भने ‘तर विडम्बना के छ भने सरकारका मन्त्रीहरू सबैभन्दा बढी मर्यादाको उल्लंघन गरिरहनुभएको छ। यसमा हाम्रो घोर आपत्ति छ। दु:ख व्यक्त गर्दछौँ।’

उनले नियमको उल्लंघन गर्ने मन्त्रीहरूलाई रुलिङ गर्नका लागि सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका थिए।

यद्यपि अर्यालले रूलिङ भने गरेनन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…