देशसँग पीरती लगाउँदा सांसद, मन्त्री भएँः महावीर पुन

देशसँग पीरती लगाउँदा सांसद, मन्त्री भएँः महावीर पुन
महावीर पुन। तस्बिर: बर्षा शाह/देशसञ्चार
+
-
देशसञ्चार AI सारांश
  • विज्ञानमन्त्री महावीर पुनले गाउँ, जिल्ला हुँदै देशसँग लागेको पीरतीले उनलाई सांसद र मन्त्री बनाएको बताए।
  • आफू सांसद वा मन्त्री हुने व्यक्ति नभएको भन्दै पुनले देशप्रेमले जोगी भएको अनुभूति भएको उल्लेख गरे।
  • उनले पीरतीले जोगी बनाएको गीत सम्झँदै व्यवहारिक रूपमा आफू वास्तविक जोगी भएको धारणा व्यक्त गरे।

काठमाडौँ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशसँग पीरती लगाउँदा आफू सांसद, मन्त्री बन्न पुगेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नाे मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सुरुमा गाउँसँग पीरती र त्यसपछि जिल्ला हुँदै देशसँग पीरती लगाएको बताए।

आफू मन्त्री भएपछि जोगी भएको अनुभूति भएको पनि पुनले बताए। ‘म संसद हुने, मन्त्री हुने मान्छे त होइन, तर पीरतीले मलाई सांसद र मन्त्री बनायो। एउटा लामो कहानी छ। पीरती मेरो कसरी कोसँग बसेर म जोगी भए? भन्ने कुरा आयो क्या। र, मन्त्री भए भन्ने कुरा आयो’, उनले भने ‘मेरो पीरती खासमा देशसँग बसेको हो। तर सुरुमा एकैचोटी देशसँग बसेको होइन। त्यो चाहीँ गाउँसँग बस्यो। म अमेरिकाबाट यसो घुम्न आएको मान्छे त्यहाँ गाउँसँग पीरती बस्यो। गाउँबाट जिल्ला, जिल्लाबाट अरु जिल्ला हुँदै देशसँग पीरति बस्यो। त्यसैले अहिले जोगी भएँ। पक्का जोगी हो म चाँही। व्यवहारिक रुपमा पनि म जोगी नै हो।’

मन्त्री पुनले पीरतीले जोगी बनाएको गीतको स्मरण गराउँदै आफू व्यवहारिक रुपमा सोही गीतले भनेझै जोगी भएको बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…