बजारको उधारो रकम उठाउन पहल गर्न जरुरी छः दाहाल

बजारको उधारो रकम उठाउन पहल गर्न जरुरी छः दाहाल
+
-
देशसञ्चार AI सारांश
  • उपाध्यक्ष रविनकुमार दाहालले बक्यौतामा रहेको उधारो रकमको व्यवस्थापन गर्दै उद्योगको स्थायित्वमा राष्ट्र बैंकलाई सुझाव दिए।
  • बैंकिङ कर्जामा विशेष ग्रेस पिरियड वा लचकता आवश्यक रहेको र उद्योगीलाई सहयोग पुर्याउनेमा उनले जोड दिए।
  • सहुलियतपूर्ण कर्जा व्यवस्थाले स्टार्टअप र युवा उद्यमीलाई प्रोत्साहित गर्ने उपाय सुझाऊँदै १२ बुँदे सुझाव प्रस्तुत गरियो।

मोरङ– नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष रविनकुमार दाहालले आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिको सन्दर्भमा विभिन्न १२ बुँदे सुझाव राष्ट्र बैंकलाई दिएका छन्।

उनले विराटनगरस्थित राष्ट्र बैंकका निर्देशक सुमन न्यौपानेलाई बिहीबार सुझाव दिँदै महासंघका बजारमा छरिएको उधारो रकमको समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

उनले पछिल्लो केही वर्षयता प्रदेशका करिब ५० प्रतिशत उद्योग बन्द अवस्थामा रहेको जानकारी दिँदै उधारो रकमका कारण उद्योगी व्यवसायी थप मर्कामा परेको उल्लेख गरे।

उपाध्यक्ष दाहालले भने, ‘उधारो रकमलाई व्यवस्थित रूपमा उद्योगीसम्म पुग्ने वातावरण बनाउनुपर्छ। जबसम्म बजारबाट उधारो रकम उठ्दैन, तबसम्म उद्योग क्षेत्रलाई दिगो रुपमा सञ्चालन गर्न समस्या हुन्छ।’

बजारबाट उधारो रकम नउठ्दा व्यवसायदेखि उद्योग सबै मर्कामा पर्ने गरेको दृष्टान्त दिँदै उनले भने, ‘यो अवस्था यहाँ मात्र होइन। अन्य मुलुकमा पनि देखिएको छ। तर, त्यहाँका सम्बन्धित निकायले उधारो रकम व्यवस्थापन गरिदिन्छन् जसकारण बजारदेखि उद्योग सबै चलायमान हुने गर्छ।’

बजारमा निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी रकममा ढिलाइ हुने गरेको भन्दै उनले बैंकिङ कर्जामा परेको असरलाई विशेष ग्रेस पिरियड वा कर्जा चुक्ता गर्ने समयसीमामा लचकता दिइनुपर्ने बताए।

उत्पादनमूलक उद्योग र सामान्य व्यापारबीच नीतिगत रुपमा भिन्नता हुनुपर्ने उनको भनाइ छ। उनले उद्योगको सुरक्षाका लागि बैंकहरुले लिने रिस्क प्रिमियमलाई सहुलियतपूर्ण बनाउनुपर्नेमा जोड दिए।

स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सरकारले रिस्क प्रिमियमलाई शून्य दशमलव ५ प्रतिशतभन्दा बढी राख्न नहुने उनले बताए।

उद्योगका लागि कार्यशील पुँजी कर्जासम्बन्धी व्यवस्थालाई समेत उचित समय दिएर व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाइ छ।

उनले मौसमी र आयातीत कच्चा पदार्थमा आधारित उद्योगलाई समान व्यवहार गर्दा समस्या उत्पन्न भएको बताए। बैंकले दिँदै आएको स्थायी कार्यशील पुँजीको सुविधा १५ वर्षबाट बढी बनाउन सके उद्योगीलाई सहज हुने उनको भनाइ छ।

उनले राष्ट्र बैंकलाई सुझाव दिने क्रममा महासंघले स्टार्टअप तथा नवप्रवर्तनका लागि सहुलियतपूर्ण कर्जाको ब्यवस्था गर्नुपर्नेमा जोड दिए।

महासंघले युवा उद्यमी तथा स्टार्टअपका लागि विना धितो वा आंशिक धितोमा कर्जा उपलब्ध गराउन सके त्यसले उद्यमशीलतालाई प्रत्सोहित गर्ने उनले बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…