रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः रञ्जु

रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः रञ्जु
+
-

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छन्।

शुक्रबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीको संगठन सुदृढीकरणका लागि यो पहिलो महाधिवेशन भएकाले लामिछानेको नेतृत्व अपरिहार्य रहेको बताएकी हुन्।

उनले चितवनमा आयोजना हुने महाधिवेशनलाई देश–विदेशबाट चासोका साथ हेरिएको बताइन्। महाधिवेशनमा आफ्नो उम्मेदवारीका विषयमा स्पष्ट पार्दै उनले सुरुमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र त्यसपछि पदाधिकारीका लागि अघि बढ्ने बताइन्।

उनले भनिन्, ‘महाधिवेशन कुनै पनि राजनीतिक दलको दिशा र नीति तय गर्ने महत्त्वपूर्ण माध्यम हो। संगठनलाई अझ बलियो बनाउन पहिलो महाधिवेशनमा रवि लामिछाने नै सभापति हुनुपर्छ भन्ने मेरो व्यक्तिगत र राजनीतिक बुझाइ छ। पदाधिकारी बन्नका लागि पहिला केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्ने वैधानिक प्रक्रिया छ, त्यसैले म सुरुमा केन्द्रीय सदस्यमै लड्छु।’

पार्टीभित्रको असन्तुष्टि र सामाजिक सञ्जालमा भइरहेका विभिन्न चर्चाका विषयमा टिप्पणी गर्दै उनले रास्वपाप्रतिको बढ्दो आकर्षणका कारण यस्ता छलफल हुनु स्वाभाविक भएको बताइन्।

पार्टी विभाजनको सम्भावनालाई नकार्दै उनले नेतृत्व तहबाट त्यस्ता गतिविधिमा कुनै समर्थन नरहेको बताइन्। म

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…