सेनाबारे पाण्डेको टिप्पणीः परमाधिपति बस्ने ठाउँ बचाउन नसक्नेले देश बचाउँछ भनेर हिँड्नुपरेको छ

सेनाबारे पाण्डेको टिप्पणीः परमाधिपति बस्ने ठाउँ बचाउन नसक्नेले देश बचाउँछ भनेर हिँड्नुपरेको छ
+
-

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले नेपाली सेनालगायत सुरक्षा निकायको आलोचना गरेका छन्।

काठमाडौँ आयोजित एक कार्यक्रममा उनले परमाधिपति बस्ने स्थान सुरक्षित राख्न नसक्ने सुरक्षा निकायले देशको सुरक्षा दिने विश्वास गर्नुपरेको टीप्पणी गरेका हुन्।

उनले जेन–जी आन्दोलनमा भएका घटनाहरूको स्मरण गर्दै त्यस अवधिमा देशको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका हुन्।  जेन–जी आन्दोलनमा सुरक्षा निकायहरूले सिंहदरबार, सर्वोच्च अदालत र सेनाको परमाधिपति बस्ने स्थानसमेत सुरक्षित राख्न नसकेको उनको भनाइ थियो। त्यही सुरक्षामाथि निर्भर भएर देश अगाडि बढ्नुपर्ने अवस्था रहेको उनको बताए।

उनले जेन–जी आन्दोलन पनि सुरुआत गर्ने समूहको नियन्त्रणबाट बाहिर गएको बताए। आन्दोलन सुरु गर्ने युवाहरूले नै आन्दोलन आफ्नो नियन्त्रणमा नरहेको स्वीकार गरेको उनको भनाइ छ।

उनले भने, ‘२३ गतेको १–२ बजेपछिका घटनाहरू र अनि २४ गतेको दिनभरिका घटना एकचोटी सम्झौँ त। हाम्रो देशको स्थिति के भयो। त्यस्तो शक्ति त्यस्तो सुरक्षा अङ्ग, जसले हाम्रो सिंहदरवार बचाउन सकेन, जसले हाम्रो सर्वोच्च अदालत बचाउन सकेन, जसले सेनाको परमाधिपति बस्ने ठाउँ बचाउन सकेन। त्यो सुरक्षा अङ्ग त्यसैमाथि निर्भर रहेर हाम्रो देश बाँच्छ भनेर हामी हिँड्नुपरेको छ।’

उनले वर्तमान स्थितिमा नेपालमा कम्युनिष्टहरू एकताबद्ध हुन आवश्यक रहेको पनि बताए। राष्ट्र संकटमा रहेको उल्लेख गर्दै उनले राष्ट्रियता जोगाउन कम्युनिष्ट एकता अपरिहार्य रहेको दाबी गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…