वैदिक सनातन हिन्दू राष्ट्रबाट मुलुकमा स्थायित्व र समृद्धि रहन्छः सनातन सम्मेलन

वैदिक सनातन हिन्दू राष्ट्रबाट मुलुकमा स्थायित्व र समृद्धि रहन्छः सनातन सम्मेलन
+
-
देशसञ्चार AI सारांश
  • धर्मगुरु अवधेशानन्द गिरीले नेपाल र भारतको साझा संस्कृति रहेको सनातन धर्मको महत्वको बारेमा बताउदै सम्बोधन गरे।
  • मन्त्री पराजुलीले मुलुकको उन्नयन र स्थायित्वका लागि वैदिक सनातन हिन्दु राष्ट्र आवश्यक भएको बताए।
  • सम्मेलनमा करिब २० हजार बढी सनातनिहरुको सहभागिता रहेको र धर्मगुरु गिरीले काठमाण्डौ जाने बताए।

मोरङ – सनातन संस्कृति नेपाल र भारतको साझा संस्कृति सनातन धर्मगुरु अवधेशानन्द गिरीले रहेको बताएका छन्।
शनिबार विराटनगरमा आयोजित बृहत् सनातन सम्मेलनलाई सम्बोधन गर्दै धर्मगुरु गिरीले दुवै राष्ट्रबीचको धार्मिक सांस्कृतिक पक्षका धेरै कुरा मेल खाने हुँदा निकटता रहेको बताएका हुन्।

भारतको जुना अखाडाका आचार्य महामण्डलेश्वर समेत रहेका धर्मगुरु गिरीले काठमाडौंस्थित पशुपतिनाथको महिमा वर्णन गरेका थिए। उनका अनुसार पशुपतिनाथको दर्शन नहुँदासम्म भारतमा रहेका सबै ज्योर्तिलिङको दर्शन गरेपनि त्यसले सनातनिको धार्मिक यात्रा पुरा नहुने प्रस्टाए।

विश्वमै नेपाल एकमात्र हिन्दू राष्ट्र कायम रहेको बताउँदै उनले प्रधानमन्त्री बालेन्द्र साहले कार्यभार सम्हाल्ने क्रममा गरिएको सपथग्रहणमा समेत सनातन परम्परालाई निरन्तरता दिनु सुखद भएको बताएका थिए।

नेपाल देवी देउताहरुको देवस्थलको पवित्र भूमि रहेको उल्लेख गर्दै उनले सनतान धर्म संस्कृतिलाई कायम राख्न नेपालको भूमिका विशेष रहेको बताएका थिए। सनातन संस्कृतिमा छुवाछुत र भेदभावको कुनै स्थान नरहेको बताउँदै धर्मगुरु गिरीले अन्य बाहिरि राष्ट्रहरुले छुवाछुतको भ्रम फैल्याएको दाबी गरे। सम्मेलनपछि कोशी प्रदेशका वन पर्यटन तथा वातावरण मन्त्री भीम पराजुलीले सनातन धर्मले संस्कार र अनुशासन सिकाउने बताएका थिए।

उनका अनुसार मुलुकको उन्नयन र समृद्धिका लागि वैदिक सनातन हिन्दु राष्ट्र आवश्यक रहेको छ। मन्त्री पराजुलीले भने, ‘मुलुकको विकास समृद्धि र स्थायित्वका लागि वैदिक सनातन हिन्दु राष्ट्र बनाउन अभियानै गरिरहेकाछौ। हामी सबै पुनः एकपटक यसका लागि एक भएर जोडिनुपर्छ। ऊँ कार परिवारलाई एक बनाउन आवश्यक छ। यसैबाट हामी सबैको कल्याण हुनेछ।’

मुलुकको स्थायित्व, समृद्धि, सद्भाव र लोककल्याणका लागि सनातन हिन्दू राष्ट्रनै हामीसबैको चाहना रहेको उनले बताए। त्यसैगरि, जनजाति कल्याण आश्रमका महासचिव प्रेम थुलुङले हिन्दू, बौद्ध र किराँत तिनै धर्म सत्य,अहिंसा र करुणाको प्रतिनिधित्व गर्ने धर्म रहेको बताएका थिए। यद्धपि, बाहिरीपक्षबाट हुने गरेका विभिन्न चलखेलबाट तीनवटै धर्मले समस्या र चुनौति सामना गर्नुपरिरहेको उनको भनाई छ।

सम्मलेनमा विभिन्न स्थानबाट करिब २० हजार बढी सनातनिहरुको सहभागिता रहेको आयोजक पक्षले जनाएको छ। आयोजकका अनुसार धर्मगुरु गिरी शनिबार नै काठमाडौं प्रस्थान गरेकाछन्। उनले आइतबार जीवित देवी कुमारी र पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…