अ
+
अ
अ
-
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क सार्वजनिक गरिएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार विभिन्न पदमा उम्मेदवारी दिन इच्छुक प्रतिनिधिले तोकिएको शुल्क तिर्नुपर्नेछ।
सूचनाअनुसार केन्द्रीय सभापति पदका लागि उम्मेदवारी शुल्क ५१ हजार रुपैयाँ तोकिएको छ। यस पदका उम्मेदवारले १ जना प्रस्तावक र ५१ जना समर्थकको हस्ताक्षर जुटाउनुपर्ने व्यवस्था गरिएको छ।
यस्तै, पार्टी पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। उक्त पदमा उम्मेदवारी दिन १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्नेछ।
केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि २१ हजार रुपैयाँ शुल्क तोकिएको छ। यस पदका लागि पनि १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक रहने जनाइएको छ।

भर्खरै
लोकप्रिय
