रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना: “छोटो अवधिमै बलियो उपस्थिति प्रशंसनीय”

रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना: “छोटो अवधिमै बलियो उपस्थिति प्रशंसनीय”
+
-

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको अवसरमा रास्वपा सभापति रवि लामिछाने तथा सम्पूर्ण रास्वपा परिवारलाई शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै काँग्रेस सभापति थापाले रास्वपाले छोटो समयमै नेपाली राजनीतिमा हासिल गरेको उपलब्धिलाई प्रशंसा गरेका हुन्।

थापाले रास्वपा स्थापनाको छोटो अवधिमै उल्लेखनीय जनसमर्थन प्राप्त गरी राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गर्न सफल भएको उल्लेख गरेका छन्।

सभापति रवि लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको भन्दै उनले यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन्।

यसैगरी, थापाले यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्ने अपेक्षा राखेका छन्।

उनले रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै सभापति लामिछानेको आगामी राजनीतिक यात्राका लागि समेत शुभकामना दिएका छन्।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…