अ
+
अ
अ
-
काठमाडौँ – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सुरु भएको छ।
चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशन उद्घाटन गरेका हुन्।
महाधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांगेसका सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सहभागी भएका छन्।
महाधिवेशनमा श्रम संस्कृति पार्टीको भने सहभागिता छैन।

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।
भर्खरै
लोकप्रिय
