रास्वपा कार्यकर्तालाई गगनको सुझाव : नेतालाई भगवान, बा नबनाउनुस्, गल्ती गर्दा प्रश्न गर्नुहोस्

रास्वपा कार्यकर्तालाई गगनको सुझाव : नेतालाई भगवान, बा नबनाउनुस्, गल्ती गर्दा प्रश्न गर्नुहोस्
+
-
देशसञ्चार AI सारांश
  • गगन थापाले रास्वपाका नेता र कार्यकर्तालाई आफ्ना नेतालाई भगवान् वा ‘बा’ बनाइ गल्ती नगर्न सुझाव दिए।
  • रास्वपाले असाधारण जनमत पाएको भन्दै यसको सदुपयोग गर्न र गल्ती भएका बेला प्रश्न उठाउन थापाले आग्रह गरे।
  • कांग्रेस र रास्वपा प्रतिस्पर्धी भए पनि दुश्मन नभएको भन्दै संसदमा जिम्मेदारीपूर्वक भूमिका निर्वाह गर्ने उनले बताए।

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाका नेता तथा कार्यकर्ताहरूलाई आफ्ना नेताहरूलाई भगवान् वा ‘बा’ बनाएर गल्ती नगर्न सुझाव दिएका छन्।

चितवनमा रास्वपाको पहिलो महाधिवेशनलाई शुभकामना दिँदै थापाले कांग्रेसले विगतमा आफ्ना नेताहरूलाई देवत्वकरण गरेर गल्ती गरिसकेको स्वीकार गर्दै रास्वपाले त्यो गल्ती नदोर्होयाओस् भन्ने कामना गरे।

उनले आफ्नै दलभित्र पनि प्रश्न उठाउन आग्रह गरे।

आफ्नो पार्टी ‘दास र लासको पार्टी’ होइन भनेर कांग्रेसले समयमै भन्न नसक्दा ठुलो मूल्य चुकाउनुपरेको स्मरण गर्दै उनले गल्ती भएको बेला आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट र साहस राख्न रास्वपाका कार्यकर्ताहरूलाई आह्वान गरे।

थापाले रास्वपाले पाएको जनमत असाधारण रहेको उल्लेख गर्दै यसलाई सदुपयो गर्न सुझाव दिए।

अहिले रास्वपाले अहिले पाएको जस्तै जनमत यसअघि पनि विभिन्न दलहरूले तीन÷चार पटक पाएको भए तापनि नेताहरूको अहंकार, आपसी टकराव र शक्तिको सीमा नबुझ्दा दुर्घटनामा परेको स्मरण गरे।

कांग्रेस र रास्वपाबीचको सम्बन्धका बारेमा प्रष्ट पार्दै महामन्त्री थापाले दुई दल प्रतिस्पर्धी भएको तर दुश्मन नभएको टिप्पणी गरे।

कांग्रेस पनि आफूलाई सुधारेर अघि बढ्न चाहने तर त्यो रास्वपाको खुट्टा काटेर वा उसलाई सानो बनाएर नभई इमानदारिताका साथ आफ्नै घरभित्रको दुर्गन्ध हटाएर हुने उनको भनाइ थियो।

सभापति थापाले रास्वपाको सरकारलाई गुण र दोषका आधारमा समर्थन र खबरदारी गर्ने बताए। संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्दा जहाँ औँला ठड्याउनुपर्ने हो त्यहाँ औँला ठड्याउने र जहाँ राष्ट्रिय मुद्दामा थपडी बजाउनुपर्ने हो त्यहाँ जिम्मेवार भएर थपडी बजाउने नीति कांग्रेसले लिँदै आएको उल्लेख गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…