एमालेभित्रको बहसलाई वैचारिक दिशामा लैजान योगेश भट्टराईको आग्रह

एमालेभित्रको बहसलाई वैचारिक दिशामा लैजान योगेश भट्टराईको आग्रह
फाइल फोटो।
+
-
देशसञ्चार AI सारांश
  • भट्टराईले बहसमा रहेका दुई विचारधारामध्ये एकले व्यापक पुनर्गठनको पक्षमा, अर्कोले यथास्थितिलाई निरन्तरता दिनुपर्ने धारणा राखेको बताएका छन्।
  • उनले राजनीतिक बहस तर्क र तथ्यका आधारमा सञ्चालन हुनुपर्ने भन्दै फरक धारणा राख्नेहरूलाई दलालको रूपमा चित्रित गर्न नहुने बताए।
  • भट्टराईले पार्टीभित्र सम्मानजनक सहकार्यको परम्परा स्मरण गर्दै पुनर्गठित एमालेमा सबैको सम्मान र निषेध अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

काठमाडौँ- नेकपा एमालेका नेता योगेश भट्टराई ले पार्टीभित्र जारी बहसलाई राजनीतिक र वैचारिक दिशामा केन्द्रित गर्न सम्पूर्ण एमालेजनलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले एमालेभित्र अहिले दुईवटा विचारबीच बहस भइरहेको बताएका छन्। उनका अनुसार बहसको एक पक्षले पार्टीको वैचारिक, राजनीतिक, सांगठनिक, कार्यशैली, आचरण तथा नेतृत्वमा व्यापक पुनर्गठनमार्फत एमालेको पुनर्जागरणको पक्षमा वकालत गरिरहेको छ भने अर्को पक्षले सबै क्षेत्रमा यथास्थितिलाई निरन्तरता दिनुपर्ने धारणा राखेको छ।

भट्टराईले दुवै पक्षका आफ्ना तर्क र आधारहरू रहेको उल्लेख गर्दै राजनीतिक बहस तर्क र तथ्यका आधारमा सञ्चालन हुनुपर्ने बताएका छन्। उनले एमाले देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा समाजवादीहरूको पार्टी भएकाले फरक विचार राख्नेहरूलाई कसैको एजेण्ट वा दलालको रूपमा चित्रित गर्नु पार्टीको संस्कृति विपरीत हुने धारणा व्यक्त गरेका छन्।

उनले विभिन्न राजनीतिक दलसँग चुनावी तालमेल र सत्ता साझेदारी गर्दै आएको एमालेले आफ्नै पार्टीभित्रका फरक मतप्रति असहिष्णु व्यवहार देखाउनु नहुने बताएका छन्। “राजनीतिक बहस र छलफलले पार्टीलाई कहिल्यै कमजोर बनाएको छैन,” उनले लेखेका छन्।

भट्टराईले एमालेका तत्कालीन नेताहरूबीच विचार भिन्नता हुँदा पनि पार्टीभित्र सम्मानजनक सहकार्यको परम्परा रहेको स्मरण गराएका छन्। उनले मदन भण्डारी ले आफ्ना विचारका विपक्षमा उभिएका मनमोहन अधिकारी र सीपी मैनाली लगायतका नेताहरूलाई सम्मानजनक स्थानमा राखेर सहकार्य गरेको उदाहरण प्रस्तुत गरेका छन्।

नेता भट्टराईले समयानुकूल पार्टी पुनर्गठन हुने विश्वास व्यक्त गर्दै पुनर्गठित एमालेमा सबैको सम्मान हुने, फरक विचार र मतबीच हार्दिक सहकार्य कायम हुने तथा निषेधकारी व्यवहारको अन्त्य हुने बताएका छन्। साथै पार्टी सामूहिक र संस्थागत ढाँचामा सञ्चालन हुनुपर्नेमा उनले जोड दिएका छन्।

अन्त्यमा उनले एमाले कार्यकर्तालाई “हामी जबजवादी हौं, हामी मदन भण्डारीका उत्तराधिकारी हौं” भन्ने भावना आत्मसात गर्दै वर्तमान बहसलाई वैचारिक र राजनीतिक दिशातर्फ उन्मुख गराउन आग्रह गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…