अ
+
अ
अ
-
हुम्ला – उत्तरी नाम्खा गाउँपालिका– ४ को चाला बस्तीका महिलाका लागि कानुनी सचेतना कार्यक्रम आयोजना गरिएको छ। सबै खाले हिंसाविरुद्ध कानुनी व्यवस्था, महिला अधिकार, अन्य विकृति विसंगतिबारे दूरदराजका महिलालाई जानकारी गराउन यो कार्यक्रम आयोजना गरिएको हो।
यस्ता कार्यक्रम कहिल्यै पनि सञ्चालन नगरिएको चाला गाउँका महिलाका लागि कानुनी सचेतना कार्यक्रम आयोजना गरेर कानुनबारे जानकारी गराउने कार्य भएको कानुनी सहायता अधिकारी राजन चन्दले बताइन्।
महिला हिंसा, बालविवाह, बहुबिबाह, छाउ प्रथा, बहुपति प्रथा, घरेलु हिंसालगायत अपराध भएको र त्यस्ता कार्यबाट महिलालाई मुक्ती दिने उपाय, कानुनी ब्यवस्थाबारे जानकारी दिइएको होे।
यी कुराबारे कहिल्यै जानकारीसमेत नपाएकी चाला गाउँका महिलाले यो सचेतना कार्यक्रमबाट थोरै भए पनि जानकारी पाउन सफल भएको उनको भनाइ छ।
भर्खरै
लोकप्रिय
