सर्वोच्चको फैसलापछि अशोक राईद्वारा ‘समाजवादी पार्टी’ दर्ताका लागि निवेदन

सर्वोच्चको फैसलापछि अशोक राईद्वारा ‘समाजवादी पार्टी’ दर्ताका लागि निवेदन
+
-
देशसञ्चार AI सारांश
  • नेता अशोक कुमार राईले ‘समाजवादी पार्टी’ नामक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
  • सर्वोच्च अदालतले जसपा विभाजन गैरकानुनी ठहर गरेपछि राईको समूहले नयाँ दल दर्ताको बाटो रोजेको हो।
  • नवगठित पार्टीले समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुशासनसहितको संघीयतालाई आफ्नो कार्यदिशा मानेको छ।

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) विभाजनको कानुनी मान्यता खारेज भएपछि नेता अशोक कुमार राईले नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएका छन्।

राई नेतृत्वको समूहले सोमबार निर्वाचन आयोग पुगेर ‘समाजवादी पार्टी’ नामक नयाँ दल दर्ताका लागि औपचारिक निवेदन दिएको हो।

नयाँ प्रस्तावित पार्टीको अध्यक्षमा अशोक कुमार राई आफैं रहेका छन्। पार्टीको उपाध्यक्षहरूमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दान बहादुर विश्वकर्मा चयन भएका छन्।

त्यस्तै, उपमहासचिवमा शरण कुमार राई तथा सचिवहरूमा हेमन्तराज मान्डव्य, मनिकर कार्की र भिम बहादुर तामाङ रहेका छन्।

अध्यक्ष राईले ८ जना पदाधिकारीसहित कुल २८ सदस्यीय केन्द्रीय समितिको नामावली निर्वाचन आयोगमा बुझाएका छन्।

यसअघि अशोक राईको समूहले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा) फुटाएर ‘जनता समाजवादी पार्टी’ गठन गरेको थियो।

तर, यादवले पार्टी विभाजन गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरे। सर्वोच्चले अशोक राई नेतृत्वको जसपालाई कानुनी मान्यता नदिएपछि यो समूह अचानक दलविहीन बन्न पुगेको थियो। अदालतको सोही फैसलाका कारण कानुनी संकट उत्पन्न भएपछि राई पक्षले नयाँ पार्टी दर्ताको बाटो रोजेको हो।

पार्टी दर्तापछि संक्षिप्त मन्तव्य दिँदै अध्यक्ष अशोक कुमार राईले आफूहरू राजनीतिक र सांगठनिक रूपमा सधैं संगठित रहेको तर सर्वोच्चको फैसलाले कानुनी अस्तित्व संकटमा पारेका कारण तत्काल नयाँ दल दर्ता गर्नुपरेको स्पष्ट पारे।

नवगठित पार्टीका सचिव मनिकर कार्कीका अनुसार ‘समाजवादी पार्टी’ ले नेपाली विशेषता अनुरूपको समाजवादलाई आफ्नो मुख्य राजनीतिक ध्येय बनाएको छ।

पार्टीले समावेशी लोकतन्त्र, सामाजिक न्यायसहितको संघीयता, समृद्धि र सुशासनलाई आफ्नो कार्यदिशा मान्नेछ।

निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएलगत्तै देशभर संगठन निर्माण र पार्टी विस्तारको अभियान सञ्चालन गरिने कार्कीले जानकारी दिए।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…