काठमाडौँ- लोक तथा देशभक्तिपूर्ण गीतका चर्चित गायक विधान श्रेष्ठ नौ वर्षपछि पुनः पलेँटीको मञ्चमा प्रस्तुत हुने भएका छन्। नेपालयद्वारा आयोजित सांगीतिक शृङ्खला ‘पलेँटी’ अन्तर्गत उनी जुन २६ र २७ मा कालिकास्थानस्थित नेपालय आर शाला मा हुने कार्यक्रममा सहभागी हुनेछन्।
‘माछी मार्न जाऊँ दाजै कालापानीमा’, ‘बुहारी झारझैँ लजालु’ लगायतका लोकप्रिय गीतका गायक श्रेष्ठ हाल पलेँटीका वाद्यवादकसँग अभ्यासमा व्यस्त छन्। पलेँटीमा पुनः प्रस्तुति दिन पाउँदा खुसी लागेको बताउँदै उनले यस मञ्चलाई आफ्नो लागि “साङ्गीतिक मन्दिर” सरह रहेको प्रतिक्रिया दिएका छन्।
पलेँटीका संयोजक आभास ले नौ वर्षपछि फर्किएका विधान अझ परिपक्व र परिमार्जित सुनिने बताएका छन्।
२१ वर्षदेखि सञ्चालन हुँदै आएको पलेँटीले नेपाली आधुनिक सङ्गीतको प्रवर्द्धन तथा कलाकार–श्रोताबीचको दूरी घटाउने उद्देश्य राख्दै आएको छ।
भर्खरै
लोकप्रिय
